सरकार सहि गतिमा अगाडि बढिरहेको छ ः मन्त्री अर्याल  |  तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक  |  मिनीसडक महोत्सव असोज १० मा  |  आज मिति २०७६ असोज ६ गते सोमबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल  |  गैरआवासीय नेपाली संघ दक्षिण कोरीयाको अध्यक्षमा यज्ञराज सुवेदी बिजयी, कार्यसमितिमा को को भए बिजयी ?  |  कृषि तथा भेटेरिनरी प्राविधिकहरुद्धारा आन्दोलनका कार्यक्रम घोषणा  |  प्रेस काउन्सीलको बार्षिकोत्सबको अवसरमा २५ पत्रकार र तिन कर्मचारी पुरस्कृत हुंदै, कस्ले के पुरस्कार पाँउदै छन ?  |  चाडपर्वको बेला पर्याप्त सुरक्षा मिलाउन गृहमन्त्रीको निर्देशन  |  बासुकीनाग टोलसुधार समितिको सातौं साधारणसभा सम्पन्न, पाठक नेतृत्वको कार्यसमितिलाई निरन्तरता दिने निर्णय  |  ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार–२०७५’ डा रुइतलाई
पर्यटन /बिबिध समाचार
Jul 09, 2019
राष्ट्रपति रनिङ शिल्डको उपाधि गौरीशङ्करलाई
कास्की, असार २४ ।  जिल्लास्तरीय ११ औँ राष्ट्रपति रनिङ शिल्ड अन्तरविद्यालय खेलकूद प्रतियोगिताको उपाधि गौरीशङ्कर माविले जितेको छ । प्रतियोगितामा एथलेटिक्सतर्फ नौ स्वर्र्ण, तीन रजत र तीन कास्य पदकसहित गौरीशङ्करले दोस्रो पटक उपाधि जितेको हो । पोखरा रङ्गशालामा दुई दिनसम्म सञ्चालन भएको उक्त प्रतियोगितामा टप्स माविले एथलेटिक्सतर्फ छ स्वर्ण र पाँच रजत तथा छात्रा भलिबलमा स्वर्ण जित्दै दोस्रो भएको छ । कुमुदिनी होम्स एथलेटिक्समा तीन स्वर्ण जित्दै तेस्रो भएको जिल्ला खेलकूद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले जानकारी दिनुभयो । यस्तै छात्रतर्फ तीन स्वर्ण पदक जितेका कुमुदिनीका सागर नेपाली तथा छात्रातर्फ पाँच स्वर्ण हात पारेका गौरीशङ्करका अनिशा भण्डारी प्रतियोगिताका उत्कृष्ट खेलाडी घोषित भए । दुवैले जनही रु पाँच हजार पुरस्कार प्राप्त गरे । विजयी विद्यालय र खेलाडीलाई गण्डकी प्रदेश खेलकूद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठ, जिल्ला खेलकूद विकास समितिका अध्यक्ष याम गुरुङ, गण्डकी प्रदेश खेलकूद कार्यालयका प्रमुख लक्ष्मणप्रसाद योगीलगायतले पुरस्कार वितरण गर्नुभएको थियो । प्रतियोगितामा चार गाउँपालिका र पोखरा महानगरपालिकाका २९२ खेलाडी सहभागी थिए । जिल्लास्तरीय प्रतियोगितामा पहिलो र दोस्रो हुने खेलाडी असार २६ गतेदेखि शुरु हुने प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा सहभागी हुने कार्यालय प्रमुख योगीले जानकारी दिनुभयो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video