धर्म/संस्कृति
Jul 10, 2019
आज मिति २०७६ असार २५ गते बुधबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल
ज्यो. पं ओजराज उपाध्याय लोहनी । काठमाण्डौं । असार २५ ।विक्रम संवत २०७६ साल आषाढ २५ गते बुधबार । तदनुसार २०१९ जुलाइ १० तारिख आषाढ शुक्ल पक्ष अष्ठमी तिथि विहान ७ ।३ उप्रान्त नवमी तिथि चित्रा नक्षत्र राति ८ । ११ बजे सम्म उप्रान्त स्वाति नक्षत्र शिव योग दिउसो २ । ३३ उप्रान्त सिद्धि योग बालव करण आनन्दादि योगमा काल योग चन्द्रमा कन्यारासिमा विहान ८ । ४६ सम्म उप्रान्त तुला रासिमा आज चन्द्रमा दक्षण वाट पश्चिम जाने भएकोले आज काम गर्दा विहान पूर्व फर्केर दिउसो पश्चिम फर्केर यात्रा पनि स्वहिऋतले गर्नु बेश विहानै उठेर पूर्व फर्केर ॐ हँ हनुमते रुद्रात्मकय हुँ फट ।। ॐ श्रीं ह्रीं क्लीं ग्लों गं क ए इ ल ह्रीं गणपतये हशकल ह्रीं वरवरद शकल ह्रीं सर्बजनं मां वशमानाय स्वाहाः। ॐ श्रीं ह्रीं क्लीं हुँ गुह्यकाल्यै शिव सक्ति स्वरुपिण्यै ह्रीं ह्रीं ह्रीं हुँ हुँ हुँ बज्र बज्र बज्र हुँ बज्र श्वर्यै स्वाहाः यो ३ मन्त्रको सके सम्म धेरै नभय कम्तीमा १०८ जप गरेर कामशुरु गरेमा सहज र सरल हुनेछ हाल राष्ट्र पिता शिवलाइ सम्वोधन गरेर जप गर्दा विशेष लाभ मिल्दछ योसमय देशका लागि प्रतिकूल भएकोले यो मन्त्र जप गर्दा देशको कल्याण होस भन्न नभुल्नुहोला आँखिर देश वलियो भएन हामी बलियो हुनेहो 
ॐ गं गणपतये नमः ॐ नमः शिवाय । ॐ नमः भगवते वाशुदेवाय ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे नमः ॐ घृणीं सूर्या आदित्याय नमः इ ५ मन्त्र पन्च भौतिक शरिर धारणा गर्ने सबैका लागि कल्याण कारी हुनेछ 
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesपरिश्रमले काममा सफलत प्रफ्त हुनुको साथै वैदेशिक कार्यवाट मनग्य धन आर्जन गर्न सफलहुने सम्भावना छ शत्रु परास्तहुने मनोबल बढने समयमा निर्णय हुदा काम सफल हुने योग 

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusबुध्दिको कमिले गर्दा मित्रहरुको सहयोग आफ्नु प्रयासमा असफलभै दुःख पाउने योग परिवार बाट उचित सहयोग नमिल्ने शत्रु सकृयभै समस्या सिर्जाना गरेर अप्ठ्यारोमा पर्ने प्रायस
 
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiबुध्दिले बाटो सहि लिने हुदा अरुले प्रसम्सा गर्ने र मनोबल वढ्ने धन माल हात लगाएर मन खुसि हुनेछ सरिरमा स्फुर्ति बढने गरेका काममा सफलता पाउन सकिने अरुको मन सजिलै जित्न सकिने
 
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerपराक्रम बढने अधुरा काम बन्ने तथा नयाँकाम पाउने योग भएकोले महत्वपूर्ण काम गर्नुहोला घरेलु काममा रुचि बढने मित्रले साथ दिने परिवारले सहयोग गर्ने योग 

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoशुभ समाचार सुन्न पाइने ठूला व्यक्तिको साथ अन्तरकृया गरेर लाभ हासिल गर्न सकिने भएकोले सकृय रहनु होला महत्वपूर्ण काम लाइ अघि बढाउनु राम्रो अरुले आफ्नु कुरा राम्रोसङ्ग सुन्ने भएकोले निर्धक्क अघिबढ्नु वेश

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoमहत्व पूर्ण भेट घाटले मनोवल बढने काममा सुधार आउने र मनमा खुसि बढने योग विस्वासमा ठूला व्यक्तिको साथपाएर अघिबढने अवसर मिल्ने भएकोले महत्वपूर्ण काम विहानै गर्नुहोला बोलिको प्रभाव वढ्ने योग
 
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraउच्च विचार बढनाले सोचेको काममा सफलभै धन लाभहुने अरुको विस्वास आफुमा राख्न सकिनेछ महत्व पूर्ण काम धेरै गर्नुहोला मनोबल बढने काममा सुधार आउनेछ ठूला व्यक्तिको साथ पाउने योग 

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioपुराना अप्ठ्यारा पुनरोक्ति हुने सामाधनको बाटो नपाउने समयहो आँटेका काममा सफलता मिल्नेछैन । विस्वास अरुको जित्न नसकिने धन नासपनि हुनेछ धैर्य गर्नु उचित हुनेछ 


धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusराज्यको काममा लागेर सफलभै मन प्रसन्न हुने योगछ आँटेको काममा सफलता पाउनाले मनोबल बढ्नेछ धन मनग्य कमाउने अवसर मिल्नेछ अरुको विस्वास जित्न सकिनेछ
 
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornसयम वलियो हुनाले मनोवल बढ्नेछ सरिरमा स्फुर्ति बढ्नेछ सानै प्रयासगर्दा पनि महत्व पुर्ण काममा सफल हुने योग ठूला व्यक्तिको सहयोगले राज्यवाट सम्मान मिल्नेछ अरुको विस्वास जितेर अघि बढ्न सकिनेछ

 
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusशुभ समाचार सुने मन प्रसन्न हुनेछ गरेकाम सजिलै पार लाग्नेछन प्रेममा खुसि मिल्नेछ भेट घाटमा अरुको सहयोग धार्मिक कार्यमा रुचि र मनमा खुसि बढ्ने योग

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesपरिश्रमले पनि कार्यमा सफलता मिल्नेछैन धन नासपनि हुनेछ यात्रा गर्ने अवसर मिल्नेछैन व्यपारमा हानि हुने योगछ स्वास्थ कम्जोर हुनुको साथै आर्थिक कठिनाइ बढ्ने मन अशान्त हुने योग


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video