एक साताभित्रै ल्याब मेशिन र दक्ष जनशक्तिको व्यवस्थापन हुन्छ : स्वास्थ्य राज्यमन्त्री रावत  |  कोरोना भाइरसबारे जथाभावी नबोल्न मन्त्रालयको आग्रह  |  गरिखाने वर्ग भोकै मर्दैन, सरकार साथमा छ : प्रवक्ता डा खतिवडा  |  सरकारलाई सर्वोच्चको आदेश : विपन्नलाई खाद्य व्यवस्था गर्नू  |  औषधि खरीदमा कुनै अनियमिता भएको छैन : स्वास्थ्यमन्त्री  |  गण्डकी प्रदेश सरकारले निःशुल्क राहत प्याकेज ल्याउने  |  कोभिड–१९ः कारागारबाट १६९ कैदी मुक्त  |  पुनर्कर्जा कोषको सीमा बढ्यो, कोरोना प्रभाव कम गर्न केन्द्रीय बैंकले ल्यायो यस्तो सुविधा  |  पशुपतिमा बेखर्चीलाई निःशुल्क शवदाह सेवा  |  आइसोलेशनमा मृत्यु भएका थापाको कोरोना रिपोर्ट ‘नेगेटिभ’
कृषि/प्रविधि
Jul 11, 2019
एशियाली कृषि सम्मेलन साउन २६ मा
काठमाडौँ, असार  २६ नेपालमा एशियाली कृषकहरुको अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको सन्दर्भमा युवा जमातलाई आकर्षित गर्ने उद्देश्यले सो सम्मेलन हुनलागेको आयोजकले जनाएको छ । आगामी साउन २६ देखि २८ सम्म ललितपुरमा आयोजना हुने उक्त सम्मेलनमा १२५ भन्दा बढी कृषक, उद्यमी तथा कृषि व्यवसायीको उपस्थिति रहने आयोजक संस्था फोर एच नेपालका संयोजक लोकराज अवस्थीले जानकारी दिनुभयो । सम्मेलनमा नेपालका १० उत्कृष्ट कृषक तथा कृषि व्यवसायीलाई पुरस्कृत गरिनेछ । फरक–फरक छ विषयमा विभिन्न कार्यपत्र प्रस्तुत गरिनुका साथै कृषि वस्तुको विश्वबजारीकरणमा एशिया, कृषिमा नयाँ प्रविधिको प्रयोग तथा कृषिको गुणस्तरीय उत्पादन र बजारीकरण तथा कृषिनीतिमा खुला छलफल हुनेछ । सम्मेलनमा कृषि योग, कृषि थेरापी तथा अरु विभिन्न क्रियाकलाप सञ्चालन गरिने आयोजकले जनाएको छ ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video