पुर्व राष्ट्रपतिद्धारा जिपी कोईराला फाउण्डेसन एसिया प्यासीफीक क्षेत्रीय संयोजक थापामगर सम्मानीत  |  ‘द्वन्द्व व्यवस्थापनमा नेपालले अपनाएको विधि विश्वका लागि नमूना’  |  मिति २०७६ असोज २९ गते बुधबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल  |  सांसद साह पक्राउ  |  एनआरएनए सम्मेलनमा भागलिन आएका गैरआवासीय नेपालीद्धारा त्रिभुबन बिमानस्थलमा तोडफोड, घटनामा संलग्न एक पक्राउ  |  समृद्ध नेपाल निर्माणको महाअभियानमा योगदान गर्न राष्ट्रपतिको आग्रह  |  नौ बुँदे घोषणापत्रसहित अन्तर्राष्ट्रिय दलित सम्मेलन सम्पन्न  |  भारत र चीनको सम्बन्ध सुधारले नेपालको समृद्धि यात्रा अनुकूल ः प्रधानमन्त्री  |  मनसुन बाहिरिएसँगै चिसो बढ्नेक्रम शुरु  |  कर्मचारी नहुँदा कार्यालयको काम ठप्प
शिक्षा /स्वास्थ्य
Jul 11, 2019
प्रादेशिक अस्पताल मुख्य ढोका जलमग्न
विराटनगर, असार २६ मोरङ जिल्लास्थित प्रादेशिक अस्पताल वर्षात्को समयमा पानी पस्न नदिन विशेष सर्तकता अपनाइए पनि विगत दुई दिनदेखि लगातारको वर्षाले अस्पताले परिसरमा पानी जम्मेको छ । अस्पताल वरपरका सडक अग्ला हुनु, विराटनगर महानगरपालिकाले थालेको नालाको निर्माणकार्य पूरा नभएको र ५० वर्ष पहिले निर्माण भएको उक्त अस्पताल गहिरो भएकाले समस्या उत्पन्न हुनाका साथै यसबाट आम नागरिकलाई सेवा लिन समस्या भएको छ । अस्पताल परिसरमा पानी जमेका कारण सेवाप्रदत्त चिकित्सक, नर्स, एम्बुलेन्स र सर्वसाधरणलाई आवतजावतमा कठिनाइ भएकाले पनि अहिले पानी फाल्न जनपद र सशस्त्र प्रहरीले मोटरको प्रयोग गगरिरहेका छन् । यस्तै अस्पतालको अवस्थालाई सामान्य बनाउन महानगरपालिकाले वरपरका अवरुद्ध नालालाई सफा गरिरहेकाले केही समयपछि नै जमेको पानी हट्ने महानगरपालिकाका प्रमुखका स्वकीय सचिव सविन दाहालले बताउनुभयो । अस्पतालमा बिरामीको उपचारमा कुनै असुविधा नभएको अस्पताल प्रशासनले जनाएको छ ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video