प्रमुख समाचार
Jul 11, 2019
डियोदय बहुउद्देश्यीय सहकारी संस्थाबाट १५ लाख चोरी
काठमाडौँ, असार २६ काठमाडौँ महानगरपालिका–१६ माछापोखरीस्थित डियोदय बहुउद्देश्यीय सहकारी संस्थाबाट रु १५ लाख ३० हजार बराबरको धनमाल चोरी भएको छ । रातको समयमा चोरी भएको भए पनि आज बिहान मात्रै घटनाबारे थाहा भएको थियो । ताला फोडेर भित्र पसेका अज्ञात व्यक्तिले सिसी क्यामरासमेत तोडमोड गरी चोरी गरेको पाइएको प्रहरीले जानकारी दिएको छ । चोरीमा संलग्नहरु फरार रहेकाले खोजी जारी रहेको र उक्त घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । डिएसपी हुँ भनी ठगी गर्ने पक्राउ नेपाल प्रहरीको प्रहरी नायब उपरीक्षक (डिएसपी) हुँ भनी ठगी गरेको आरोपमा काठमाडौँको नागार्जुन नगरपालिका–७ सीतापाइलाबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङ धुनिबेँसी नगरपालिका–२ का ३८ वर्षीय राजेन्द्रप्रसाद लुइँटेल रहेको प्रहरीले जनाएको छ । लुइँटेलले काठमाडौँ चन्द्रागिरि बस्ने व्यक्तिलाई म नेपाल प्रहरीको सिआइवीमा कार्यरत डिएसपी हुँ भन्दै ठगी गरेको खुल्न आएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले बुधबार उनलाई पक्राउ गरी ठगी मुद्दामा थप अनुसन्धान भइरहेको छ । उनका साथबाट रेडियो सेट एक थान, त्यसको चार्जर र नगद रु १० हजार बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होवीन्द्र बोगटीले जानकारी दिनुभयो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video