प्रमुख समाचार
Jul 11, 2019
घूस लिएको अभियोगमा मुद्दा
काठमाडौँ, असार २६  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी चौकी झोक्राहा सुनसरीमा कार्यरत प्रहरी सहायक निरीक्षक पदमबहादुर कटुवालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । वन मन्त्रालयबाट पक्राउ पुर्जी आएको र त्यसलाई मिलाइदिने भन्दै कटुवालले विभिन्न बहाना बनाई एक सेवाग्राहीसँग रु सात हजार घूस लिएको आयोगले आरोप लगाएको छ । आरोपी प्रहरी सहायक निरीक्षक कटुवालविरुद्ध बिगो असुल गर्ने माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video