प्रमुख समाचार
Jul 12, 2019
विपद् व्यवस्थापनको तयारी पूरा
काठमाडौँ,असार  २७। वर्षासँगै आउने बाढी, पहिरो तथा भूक्षयका कारण भौतिक तथा मानवीय क्षतिलगायत विपद्का घटना हुन नदिन तयारी गरिएको छ । प्रदेश नं ३ सरकारले विपद् व्यवस्थापनका लागि चालू आवमा रु पाँच करोड विनियोजन गरेको छ । चालू आवको नीति तथा कार्यक्रमअनुसार आन्तरिक मामिला तथा कानून मन्त्रालयमा रु पाँच करोडको कोष खडा गरिएको छ । मन्त्रालयमा विपद् व्यवस्थापन शाखा गठन गरिएको छ । शाखा अधिकृत पेशकुमार पोखरेलले खर्च गर्ने कार्यविधिसमेत तयार भएको जानकारी दिनुभयो । प्रदेशभरका ११९ स्थानीय तहलाई स्थानीय विपद् व्यवस्थापन कोष र समिति निर्माणका लागि मन्त्रालयले निर्देशन दिएको छ । शाखाका अनुसार मन्त्रालयले दोलखा, रामेछाप, सिन्धुली, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट र धादिङमा विपद् व्यवस्थापनसम्बन्धी आवश्यक परामर्श र तालीम प्रदान गरिसकेको छ । मन्त्रालयले प्रजिअ, स्थानीय तहका प्रतिनिधि, सुरक्षाकर्मी, गैरसरकारी संस्थाका प्रतिनिधिलगायतलाई समेत तालीम दिएको थियो । यसैबीच मकवानपुरका स्थानीय तहले विपद् व्यवस्थापनको पूर्ण तयारी गरेका छन् । राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले विपद् व्यवस्थापनका लागि प्रत्येक वडामा तत्काल उद्धार संयन्त्र बनाइएको बताउनुभयो । कैलाश, मकवानपुरगढी, इन्द्रसरोवरलगायत गाउँपालिकाले पनि विपद् व्यवस्थापनको तयारी गरेका छन् । प्रजिअ आशमान तामाङले विपद्पछिको उद्धार, राहत र पुनस्र्थापनका लागि लागि तयारी गरेको बताउनुभयो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video