प्रमुख समाचार
Jul 13, 2019
वर्षा रोकिएसँगै उद्धार तिव्र
हेटौँडा,असार २८ मकवानपुरमा तीन दिनदेखिको वर्षा आज रोकिएको छ । वर्षा रोकिएपछि उद्धार तथा राहतको काम तीव्र पारिएको प्रमुख जिल्ला अधिकारी आसमान तामाङले जनकारी दिनुभयो । जिल्लाका अधिकांश स्थानमा खानेपानी, विद्युत् र सडक अबरुद्ध भएकाले तत्काल क्रमशः खानेपानी तथा अन्य सेवा सञ्चालन गर्नेगरी काम भइरहेको उहाँले बताउनुभयो । “सुरक्षा समितिको बैठक बसिरहेको छ, हामी तत्काल क्षतिको आकलन गरेर त्यहीअनुसार काम अगाडि बढाउँछौँ”, प्रमुख जिल्ला अधिकारी तामाङले भन्नुभयो । बाढी तथा पहिरोका कारण जिल्लामा दुईको ज्यान गएको र केही घाइते भएका उहाँले बताउनुभयो । कैलाशमा पहिरोले पुरिएर घाइते भएकी एक महिलाको उद्धार गरेर अस्पताल लैजाने तयारी भए पनि बाटोका कारण समस्या परेको उहाँले जानकारी दिनुभयो । मकवानपुरको भीमफेदीका ९२ घर जोखिमका कारण त्यहाँका जनतालाई अन्यत्र सारिएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उनीहरुको उद्धार गरेर सुरक्षित स्थानतर्फ सारेको प्रहरीले जनाएको छ । बाढी पहिरोका कारण अबरुद्ध बाटो सञ्चालन हुन सकिरहेका छैनन् । बाढी पहिरोले बितण्डा मच्चाएपछि नेपाल कम्युनिष्ट पार्टी(नेकपा) मकवानपुरले पार्टीको नियमित बैठक स्थगित गरेर राहत र उद्धारमा लाग्न आफ्ना नेता तथा कार्यकर्तालाई आग्रह गरेको छ । बाढीपहिरोका कारण जताततै समस्या भएपछि पीडामा परेका नागरिकलाई राहत र उद्धारमा लाग्नका लागि निर्देशन दिइएको नेकपाका अध्यक्ष मुनु सिग्देलले जानकारी दिनुभयो ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video