सेना/ प्रहरी/ शशस्त्र समाचार
Jul 14, 2019
विपद्मा नागरिक जोगाउन प्रतिबद्ध ः महानिरीक्षक खनाल
काभ्रेपलाञ्चोक,असार २९ सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले विपद्मा नागरिकलाई जोगाउन सशस्त्र प्रहरी बल २४सै घण्टा खटिने बताउनुभएको छ । आज पाँचखाल नगरपालिका–७ कुरकुरे डाँडामा नवनिर्मित सशस्त्र प्रहरी बल नेपाल नम्बर १५ गण हेडक्वाटर भवनको उद्घाटन गर्दै उहाँले जनताको सुरक्षामा आफूहरु प्रतिबद्ध रहेको बताउनुभयो । महानिरीक्षक खनालले विपद्को अवस्थामा होस् या अन्य अवस्थामा सशस्त्र प्रहरी जनताको सुरक्षा तथा उद्धारमा खटिँदै आएको बताउनुभयो । उहाँले विपद्को अवस्थामा सशस्त्र प्रहरी बल अन्य सुरक्षा निकायसँग समन्वय गरी काम गर्दै आएको बताउनुभयो । “हामी नेपाली सेना, नेपाल प्रहरी, स्थानीय प्रशासन र स्थानीय तहसँग मिलेर काम गरिरहेका छौँ”, खनालले भन्नुभयो । सो अवसरमा गणपति प्रहरी उपरीक्षक बेनुप्रसाद पाठकले रु १३ करोड २१ लाखको लागतमा भवन निर्माण गरिएको जानकारी दिनुभयो । पाँचखालमा २२० रोपनी जमीन अधिग्रहण गरी भौतिक पूर्वाधार निर्माण गरिएको हो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video