धुलिखेल अस्पताल क्षेत्र सिल  |  प्रधानमन्त्री ओली र प्रचण्ड बिच भेटवाता, कस्तो रह्यो भेट ?  |  ज्यानमार्ने उद्योगमा पक्राउ परेकालाई छुटाईदिन्छु भनि रकम लिने नुवाकोट शिवपुरीका युवक पक्राउ  |  नेपालमा कोरोनाको सङ्क्रमणसँगै मृत्युको ग्राफ बढ्दो, सर्तकता अपनाइएन भने ठुलो क्षती व्यहोर्नुपर्ने  |  सवारी दुर्घटनामा दुईको मृत्यु  |  हिजो मुल्यमा भारी गिरावट आएको सुन आज फेरी बढयो, कति पुग्यो आज तोलाको ?  |  घुस लिने प्रहरी निलम्बितः नलिने पुरस्कृत  |  सिन्धुपाल्चोकको बाढीपहिरा पीडितलाई चीनको सहयोग  |  कोरोनाको महामारीमा पनि बिप्लबका कार्यकर्ता पक्रदै प्रहरी,बिप्लबका १३ कार्यकर्ता पक्राउ  |  काँग्रेसका जिल्ला सभापतिहरुको बैठकको निष्कर्ष:विधानमै व्यवस्था नभएका विभागहरूमा मनोनयन गर्नु हास्यास्पद, त्यसलाई मान्दैनौं
सेना/ प्रहरी/ शशस्त्र समाचार
Jul 17, 2019
सेनाले खोलेको सर्पदंश उपचार केन्द्रमा बिरामी चाप
डोटी, साउन १ नेपाली सेनाले सुदूरपश्चिमका दुई ठाउँमा स्थानीय नागरिकका लागि खोलेको सर्पदंश उपचार केन्द्रमा हिजोआज बिरामीको निकै घुइँचो लाग्न थालेको छ । सुदूरपश्चिम प्रदेशमा सरकारी सर्पदंश उपचार केन्द्र नभएपछि सेनाको सर्पदंश उपचार केन्द्रमा उपचार गराउन आउने सर्पदंशका बिरामीको घुइँचो लाग्न थालेको हो । सेनाको अस्पतालमा सर्पदंशका बिरामीका लागि आवश्यक पर्ने ‘एण्टीस्नेक भेनम’ पर्याप्त मात्रमा भएको र सो विषयमा दक्ष चिकित्सक भएका कारण अहिले बिरामीहरु सेनाकै अस्पतालमा आउने गरेको सुदूरपश्चिम पृतना मुख्यालय दिपायल राजपुर ब्यारेकले जनाएको छ । नेपाली सेनाको सुदूरपश्चिम पृतना माहतहत रहेको कैलालीको बडैपुरमा रहेको कालीरक्षा गण तथा श्री नं २५ बाहिनीअन्तर्गतको कञ्चनपुरको अर्जुनीमा देवीदल गणले सर्पदंश उपचार केन्द्र खोलिएको छ । कालीरक्षा गणले खोलेको सर्पदंश उपचार केन्द्रमा स्थापनाकालदेखि हालसम्म ५४५ को उपचार गरिएको सो गणका गणपति तथा प्रमुख सेनानी सुरेश थापाले जानकारी दिनुभयो । उहाँका अनुसार विसं २०७२ मा स्थापना भएको उक्त उपचार केन्द्रमा विसं २०७३ मा १०३ महिला र ७० पूरुष गरी १७३, विसं २०७४ मा ९९ महिला र ६१ पुरुष गरी जम्मा १६० तथा विसं २०७५ मा ९६ महिला र ७४ पुरुष गरी जम्मा १७० जनाको उपचार भएको छ । त्यस्तै विसं २०७६ असार १९ गतेसम्म २७ महिला र पुरुष १५ गरी जम्मा ४२ को उपचार गरिएको छ । त्यस्तै कञ्चनपुरको अर्जुनीमा देवीदल गणले विसं २०७१ देखि खोलेको सर्पदंश उपचार केन्द्रमा हालसम्म ७०७ को उपचार गरिएको सो गणका गणपति तथा प्रमुख सेनानी राजु बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार विसं २०७१ मा १९ महिला र १८ पुरुष गरी ३७, विसं २०७२ मा २५ पुरुष र ७७ महिला गरी १०२, विसं २०७३ मा २२ पुरुष र ४५ महिला गरी ६७, विसं २०७४ मा ५३ पुरुष र १२० महिला गरी १७३, विसं २०७५ मा ४९ पुरुष र १५१ महिला गरी २०० तथा विसं २०७६ असार मसान्तसम्ममा ४१ पुरुष र ८४ महिला गरी १२५ जनाको उपचार गरिएको छ । उपचार गर्न आएकाहरुमध्ये ७३ को सो अस्पतालमा उपचार हुन नसकेपछि अन्यत्र सिफारिस गरिएको बताइएको छ । सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा सर्पले डसेका बिरामी समयमै सेनाले खोलेका सर्पदंश उपचार केन्द्रमा पु¥याउन नसक्दा बिरामीको ज्यान जान थालेको छ । यहाँको तराई क्षेत्रमा गोमन र करेतजस्ता अति विषालु सर्पको बिगबिगी हुने गरेको छ भने पहाडी भेगमा हरेउ र गुर्वेलगायतका विषालु सर्पले सर्वसाधारणलाई डस्ने गरेको छ । विषालु सर्पले डसेपछि बेलैमा सर्पदंश उपचार केन्द्र लैजान नसक्दा बिरामी मृत्युको मुखमा पुग्ने गरेको शैलेश्वरी अस्पताल दिपायलका डा ललित लिम्बूले बताउनुभयो । गर्मीयाममा प्रायः सडकमा हिँड्दा, खेतबारीमा काम गर्दा, सुतेका बेला र दिसापिसाब गर्न शौचालय गएका बेला सर्पले डस्ने गरेको स्थानीयवासी बताउँछन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलले दिएको जानकारीअनुसार गत वर्ष मात्रै सुदूरपश्चिमभरिमा सर्पदंशका कारण ४३ को मृत्यु भएको छ । समयमै अस्पताल ल्याउन नसक्दा तथा अस्पताल ल्याइएका बिरामीले तत्काल औषधि नपाउँदा उनीहरुको मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलको तथ्याङ्कमा उल्लेख छ । प्रदेश प्रहरी कार्यालयका अनुसार यो आर्थिक वर्षमा मात्रै कैलाली, बझाङ, अछाम तथा डोटीमा गरी छ जनाको विषालु सर्पले टोकेका कारण ज्यान गइसकेको छ । जिल्ला अस्पतालले निःशुल्करूपमा वितरण गर्ने एण्टीस्नेक भेनम राखिएका यहाँका कतिपय अस्पतालमा पनि उपचार सेवा भरपर्दो नभएको स्थानीयवासी बताउँछन् । प्रदेश सरकारले सुदूरपश्चिममा सर्पदंश उपचार केन्द्र राख्न चासो नदिएका कारण यहाँका सर्पदंशका बिरामीको अकालमै ज्यान जान थालेको स्थानीयवासीको गुनासो छ ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video