नेप्सेमा दोहोरो अङ्कको वृद्धि, झण्डै दुई अर्बको कारोवार  |  सरकारविरुद्ध चलखेल सह्य हुँदैन : प्रम ओली  |  नेपालको एक इन्च भूमि छाड्दैनौँ : उपप्रधानमन्त्री पोखरेल  |  व्यक्तिले हडपेको जग्गामा गाडियोे ‘सरकारी साइन बोर्ड’  |  काठमाडौं महानगरपालिकाले सर्वोच्चको फैसला अपव्याख्या गर्यो : साईनेज एशोसिएन नेपाल  |  प्रतिपक्षको दृष्टिमा सरकारको दुई वर्षे  |  छिटो वार्ता समिति गठन होस्–भूतपूर्व ब्रिटिस गोर्खा सैनिक  |  डेढ दशकपछि नेपाल–बङ्गलादेश परराष्ट्रमन्त्रीस्तरीय वार्ता हुँदै  |  कृषि प्राविधिक विद्यार्थीहरुको माग :‘लोकसेवा आयोगबाट मात्रै करार तथा स्थायी कर्मचारी भर्ना गर्नुपर्छ’  |  थप दरबन्दी सिर्जनामा कडाइ
कृषि/प्रविधि
Jul 18, 2019
५० प्रतिशत अनुदानमा कृषि उपकरण वितरण
खस्यौली, साउन २ रूपन्देहीको सैनामैना नगरपालिकामा बुधबार विभिन्न कृषि उपकरण किसानलाई वितरण गरिएको छ । नगरपालिकाप्रमुख चित्रबहादुर कार्कीले नगरपालिकाको ५० प्रतिशत अनुदानमा किसानहरुलाई पाँच मिनी ट्रिलर, एक पावर ट्रिलर, एक रिपर र एक क्यूजल वितरण गर्नुभएको हो । सो अवसरमा नगरपालिकाप्रमुख कार्कीले किसानहरुलाई कृषि पेशामा प्रेरित गर्न अनुदानमा कृषि उपकरण वितरण भएको जानकारी दिनुभयो । “यहाँको कृषि क्षेत्रमा आधुनिकीकरणसँगै प्रविधिको उच्च प्रयोग गर्न नगरपालिकाले योजना बनाइरहेको छ” उहाँले भन्नुभयो । जगाको चक्लाबन्दी गरी सामूहिक खेती र एकीकृत कृषि प्रणालीमा जोड दिइएको उल्लेख गर्दै प्रमुख कार्कीले आफूले पाएको प्रविधिको उपयोग गरी लाभ लिनसमेत अनुरोध गर्नुभयो । कृषि उत्पादनमा लागत घट्ने भएकाले किसानलाई उपकरण वितरण गरिएको कृषि सेवा केन्द्र सैनामैनाका अधिकृत साधुशरण यादवले बताउनुभयो । वडा नं ७ का चन्द्रबहादुर राना र टेकबहादुर अर्याल, वडा नं ५ का रामप्रसाद चौधरी, वडा नं ८ का रामप्रसाद पाण्डे, वडा नं १ का मङ्कगरे यादव र देउराली किसान समूहले ती उपकरण अनुदानमा पाएका हुन् । अनुदान उपकरण पाएपछि खुशी व्यतm गर्दै सैनामैना– ७ का चन्द्रबहादुर रानाले धान, गहँु र तरकारी खेती गर्न उपकरणको उपयोग हुने बताउनुभयो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video