नेप्सेमा दोहोरो अङ्कको वृद्धि, झण्डै दुई अर्बको कारोवार  |  सरकारविरुद्ध चलखेल सह्य हुँदैन : प्रम ओली  |  नेपालको एक इन्च भूमि छाड्दैनौँ : उपप्रधानमन्त्री पोखरेल  |  व्यक्तिले हडपेको जग्गामा गाडियोे ‘सरकारी साइन बोर्ड’  |  काठमाडौं महानगरपालिकाले सर्वोच्चको फैसला अपव्याख्या गर्यो : साईनेज एशोसिएन नेपाल  |  प्रतिपक्षको दृष्टिमा सरकारको दुई वर्षे  |  छिटो वार्ता समिति गठन होस्–भूतपूर्व ब्रिटिस गोर्खा सैनिक  |  डेढ दशकपछि नेपाल–बङ्गलादेश परराष्ट्रमन्त्रीस्तरीय वार्ता हुँदै  |  कृषि प्राविधिक विद्यार्थीहरुको माग :‘लोकसेवा आयोगबाट मात्रै करार तथा स्थायी कर्मचारी भर्ना गर्नुपर्छ’  |  थप दरबन्दी सिर्जनामा कडाइ
राजनीति
Jul 18, 2019
जनतासँग प्रधानमन्त्री कार्यक्रम– सरकारका उपलब्धि जनतामाझ पु¥याउन सहज ः प्रम
काठमाडौँ,  साउन २ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले ‘जनतासँग प्रधानमन्त्री कार्यक्रम’बाट सरकारले गरेका काम जनतासमक्ष पु¥याउन सहज भएको बताउनुभएको छ । ‘जनतासँग प्रधानमन्त्री कार्यक्रम’ एक वर्ष पुगेका अवसरमा आज राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री ओलीले यस कार्यक्रममार्फत देशको आकाङ्क्षा, सरकारका उपलब्धि र प्रतिफल जनतासँग पु¥याउन सहज भएको बताउनुभयो । “यस कार्यक्रममार्फत देशको अवस्था, सरकारका उपलब्धि, सडक यातायातको चर्चा, राष्ट्रिय आकाङ्क्षा पुरा गर्ने दृष्टिकोण प्रस्तुत गरेका छौँ”, प्रधानमन्त्री ओलीले भन्नुभयो । उक्त कार्यक्रम हरेक बुधबार राति ९ देखि १० बजेसम्म नेपाल टेलिभिजनबाट एक वर्षसम्ममा ५० अङ्क प्रसारण भएको थियो । कार्यक्रम सञ्चालक मनोज पाण्डेले आजैबाट जनतासँग प्रधानमन्त्री कार्यक्रमको प्रसारण समापन गरिएको जानकारी दिनुभयो । कार्यक्रममा प्रधानमन्त्री ओलीले जनतासँग प्रधानमन्त्री पुस्तकको पनि विमोचन गर्नुभएको थियो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video