अपांगता/अल्पसंख्यक
Feb 08, 2015
एसआरसीएसले ५० अपांगलाई दियो निःशुल्क सेयर तालिम
२५ माघ काठमाडौं । सेक्युरिटिज रिसर्च सेन्टर एण्ड सर्भिसेज (एसआरसिएस)ले संस्थागत सामाजिक उत्तरदाियत्व अन्तर्गत अपांगता ५० जनालाई एकदिने निः शुल्क सेयर तालिम प्रदान गरेको छ ।

अपांग संघको कार्यालय काठमाडौ जोरपाटीमा शनिवार दिइएको तालिममा सेयर बजारको आधारभूत जानकारी गराइयो ।

सेयर बजारबाट हुने फाइदा तथा जोखिम, सेयरमा लगानी गर्दा ध्यान दिनु पर्ने कुरा, लगानी प्रकृया, प्राथमिक तथा दोस्रोबजार, सेयर बजारको सुचनाका स्रोत र लिने तरिका, केन्दि्रय निक्षेप प्रणाली तथा अपांगत भएकाहरुको सेयर बजारमा पहुँचका बारेमा छलफल तथा जानकारी दिइएको एसआरसीएसका सञ्चालकक रविन्द्र भट्टराईले जानकारी दिए ।

२०६१ सालमा ‘सेयर बजार सवैका लागि’ भन्ने नाराका साथ स्थापना भएको एसआरसीएसले नियमितरुपमा सेयर तालिम प्रदान गर्दै आएको छ ।




प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video