केयू आजदेखि बन्द  |  महिला स्वास्थ्यकर्मी कुट्ने दुई जना प्रहरी नियन्त्रणमा  |  कोरोना नियन्त्रणको काममा रकम अभाव हुन दिन्न : मुख्यमन्त्री पौडेल  |  पार्टीमा सैद्धान्तिकभन्दा व्यक्तिगत टकराव छ : बोहरा  |  उपरजिष्ट्रारको कानूनी पुस्तक सार्वजनिक  |  वैदेशिक रोजगारबाट पठाइएको रकमबारे पत्नीले पतिलाई हिसाब बुझाउन नसक्दा सम्बन्धविच्छेद  |  श्रीकृष्णजन्माष्टमी पर्वले सम्पूर्ण नेपालीमा आपसी प्रेम, करुणा र मैत्रीभावना जागृत गरोस् : राष्ट्रपति  |  श्रीकृष्ण जन्माष्टमी  |  मिति २०७७ साल साउन २७ गते मंगलबार, अगष्ट ११ तारीख हेरौं राशिफल  |  ‘भदौ १५ सम्म सार्वजनिक यातायात रोकौँ’
अर्थतन्त्र/सेयरबजार
Jul 19, 2019
चेम्बरले उत्पत्तिको प्रमाणपत्र अनलाइनबाटै जारी गर्ने
काठमाडौँ, साउन ३ नेपाल चेम्बर अफ कमर्शले उत्पत्तिको प्रमाणपत्र (सर्टिफिकेट अफ ओरिजिन) अब अनलाइन प्रणालीबाट जारी गर्ने व्यवस्था गरेको छ । चेम्बरमा आज आयोजित कार्यक्रममा वाणिज्य तथा आपूर्ति सचिव केदारबहादुर अधिकारी र चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले अनलाइन प्रणालीको प्रारम्भिक शुभारम्भ गर्नुभयो । अनलाइनबाटै उत्पत्तिको प्रमाणपत्र जारी गर्ने व्यवस्था भएसँगै निकासी प्रर्वद्धनको क्षेत्र नयाँ युगमा प्रवेश गरेको छ । यससँगै निकासी व्यापार सहज, सरल, छिटो र झन्झटमुक्त हुने अपेक्षा गरिएको छ । यो व्यवस्था भदौ १ गतेदेखि पूर्णरुपमा लागू हुनेछ । सो अवसरमा वाणिज्य तथा आपूर्ति सचिव अधिकारीले समय तथा श्रमको बचत तथा लागत कटौती हुँदा व्यापार विस्तारमा सहयोग पुग्ने बताउनुभयो । नयाँ व्यवस्थासँगै निकासी सम्बन्धी सम्पूर्ण तथ्याङ्क स्पष्ट हुने उहाँको भनाइ थियो । सचिव अधिकारीले भन्नुभयो, “अब कति मूल्यमा कुन अवधिमा निकासी भयो भन्ने सम्पूर्ण तथ्याङ्क क्षण भरमा आउँछ ।” कार्यक्रममा चेम्बर अध्यक्ष श्रेष्ठले सरकारले घोषणा गरेको ‘डिजिटल नेपाल’को अवधारणाअनुरुप नै निकासी क्षेत्रमा अनलाइनबाटै उत्पत्तिको प्रमाणपत्र जारी गर्ने व्यवस्था समय सान्दर्भिक रहेको बताउनुभयो । यसैगरी नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल उद्योग परिसङ्घले पनि अनलाइनबाटै उत्पत्तिको प्रमाणपत्र जारी गर्ने व्यवस्थाको अनौपचारिक प्रारम्भ गरिसकेका छन् । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video