अर्थतन्त्र/सेयरबजार
Jul 19, 2019
एघार महीनामा रु आठ खर्ब विप्रेषण भित्रियो
काठमाडौँ, साउन ३ आर्थिक वर्ष २०७५÷७६ को एघार महीनाको अवधिमा रु आठ खर्ब बराबरको विप्रेषण भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थित’मा रु सात खर्ब ९९ अर्ब दुई करोड विप्रेषण भित्रिएको उल्लेख छ । समीक्षा अवधिमा विप्रेषण आप्रवाह १७.५ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७.३ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा भने विप्रेषण आप्रवाह ८.१ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ९.७ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ‘ट्रान्सफर’ १६.६ प्रतिशतले वृद्धि भई रु नौ खर्ब पाँच अर्ब १४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्राप्ति ०.१ प्रतिशतले बढेको थियो । अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या सो अवधिमा ३७.३ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ८.२ प्रतिशतले घटेको थियो । पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या भने समीक्षा अवधिमा ५.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या १.६ प्रतिशतले घटेको थियो । काठमाडौँ उपत्यकामा मूल्यवृद्धि केन्द्रीय बैंकका अनुसार २०७६ जेठ महीनामा उपभोक्ता मुद्रास्फीति काठमाडाँै उपत्यकामा ७.१ प्रतिशत रहेको छ । हिमालमा ६.५, तराईमा ५.८ र पहाडमा ५.७ प्रतिशत मूल्य वृद्धि रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति क्रमशः ३.१, ६.४ र ४.२ र ४.९ प्रतिशत रहेको थियो । नेपालको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६.२० प्रतिशत र भारतको ३.१८ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा नेपालको मुद्रास्फीति ४.१ र भारतको पाँच प्रतिशत रहेको थियो । व्यापार घाटा रु १२ खर्ब नाघ्यो आव २०७५÷७६ को ११ महीनामा कुल वस्तु व्यापार घाटा १७.२ प्रतिशतले बढेर रु १२ खर्ब ११ अर्ब ९७ करोड पुगेको छ । निर्यात आयात अनुपात ६.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा सो अनुपात ६.७ प्रतिशत रहेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट १५.१ प्रतिशत, चीनबाट ३०.७ र अन्य मुलुकबाट भएको आयात १६.१ प्रतिशतले बढेको छ । पेट्रोलियम पदार्थ, हवाईजहाज तथा पाटपूर्जा, तयारी पोशाक, विद्युतीय सामानलगायतको वस्तुको आयात बढेको छ भने सिमेन्ट, यातायातका साधन तथा पाटपूर्जा, दुरसञ्चारका उपकरण, स्वास्थ्य उपकरण तथा औजार, कच्चा भटमास, तेललगायतका वस्तुको आयात घटेको छ । भन्सार नाकाका आधारमा निर्याततर्फ रसुवा भन्सार कार्यालय, सुख्खा बन्दरगाहा र नेपालगञ्ज भन्सार कार्यालय बाहेक अन्य मुख्य भन्सार नाकाबाट निर्यात वृद्धि भएको छ । आयाततर्फ भने कृष्णनगर भन्सार कार्यालय बाहेक अन्य मुख्य भन्सार नाकाबाट आयात बढेको केन्द्रीय बैंकले जनाएको छ । शोधनान्तर घाटा रु ९० अर्बमाथि केन्द्रीय बैंकका अनुसार गत जेठ मसान्तसम्म शोधनान्तरस्थिति रु ९० अर्ब ८३ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तरस्थिति रु चार अर्ब ३४ करोडले घाटामा थियो । समीक्षा अवधिमा पूँजीगत ‘ट्रान्सफर’ रु १३ अर्ब ८८ करोड र प्रत्यक्ष वैदेशिक लगानी रु ११ अर्ब ८१ करोड छ । अघिल्लो वर्षको पूँजीगत ‘ट्रान्सफर’ रु १५ अर्ब दुई करोड र प्रत्यक्ष वैदेशिक लगानी रु १५ अर्ब ८८ करोड रहेको थियो । विदेशी सञ्चिति घट्यो गत जेठ मसान्तसम्म कूल विदेशी विनिमय सञ्चिति रु १० खर्ब ३० अर्ब ८८ करोड रहेको छ । विसं २०७५ असार मसान्तमा त्यस्तो सञ्चिति रु ११ खर्ब दुई अर्ब ५९ करोड थियो । विसं २०७५ असार मसान्तमा अमेरिकी डलरमा यस्तो सञ्चिति १० अर्ब ८ करोड रहेकामा गत जेठ मसान्तमा नौ अर्ब २५ करोड रहेको छ । कूल विदेशी सञ्चितिमध्ये केन्द्रीय बैंकमा विसं २०७५ असार मसान्तमा रु नौ खर्ब ८९ अर्ब ४० करोड रहेकोमा गत जेठ मसान्तमा रु आठ खर्ब ८५ अर्ब ८३ करोड रहेको छ । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video