नुवाकोटको विदुर नगरपालिकाका पूर्व मेयर कमानसिंह भन्छन “ नखाएको विष लाग्यो, भलो गर्दा बदनाम गर्न खोजियो”  |  सस्कृति जोगाउन समुदाय चनाखो बन्नुपर्छ : प्रमुख आयुक्त गुरुङ  |  थकालीलाई ओशोले दिएको नाम ‘प्रभु’  |  गाउँका जमीनमा वनमाराः युवा शहर वा विदेश पलायन  |  स्वास्थ्य सेवा : दुर्गममा लाग्दैनन् चिकित्सकका आँखा  |  पार्टीको अस्तित्व बचाउन काँग्रेस सच्चिनुपर्ने : केन्द्रीय सदस्य कोइराला  |  साताको शेयर बजार : साढे आठ अर्बको कारोबार  |  विकट गाउँका बालबालिकाको पीडा : विद्यालय जान बाटोमा नै बित्छ ४ घण्टा  |  महोत्तरीमा क्रसर उद्योग बन्द गरिने  |  शान्ति र स्थायित्व बिना विकास सम्भव छैन : गृहमन्त्री थापा
शिक्षा /स्वास्थ्य
Jul 20, 2019
छात्रालाई आत्मरक्षा प्रशिक्षण
 राँझा, साउन  ४ महिलामाथि हुने हिंसा न्यूनीकरण गर्न बाँकेका विभिन्न विद्यालयमा अध्ययनरत छात्रालाई आत्मरक्षाको प्रशिक्षण दिइएको छ । बाँके जिल्ला खेलकूद विकास समितिको समन्वयमा राष्ट्रिय खेलकूद परिषद्ले राष्ट्रपति खेलकूद महिला सहभागिता अभिवृद्धि कार्यक्रमअन्तर्गत विभिन्न विद्यालयमा अध्ययनरत १५० छात्रालाई आत्मरक्षासम्बन्धी प्रशिक्षण दिएको छ । समितिका अध्यक्ष आतङ्क बस्नेतले खेलकूदको माध्यमबाट महिलामाथि हुने हिंसा न्यूनीकरण र खेलप्रति आकर्षण गर्न प्रशिक्षण दिइएको प्रष्ट पार्नुभयो । नेपालगञ्जस्थित सरस्वती माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत कृति थारूले आत्मरक्षासम्बन्धी तालीमबाट धेरै नयाँ तथा व्यावहारिक ज्ञान पाएको बताउनुभयो । उहाँले हिँड्डुलका क्रममा वा घरमा बसेको बेला कसैले आक्रमण गरे त्यसबाट जोगिने उपाय सिकेको उल्लेख गर्नुभयो । प्रशिक्षणले महिलामाथि हुने हिंसा न्यूनीकरणमा ठूलो सहयोग पुग्ने नेपाल सेल्फ डिफेन्ड सङ्घका प्रमुख प्रशिक्षक सञ्जु महर्जनको भनाइ छ । उहाँका अनुसार प्रशिक्षणमा आक्रमणका क्रममा आफ्नो शरीरमा भएका अङ्ग परिचालन गर्ने, नङ, दाँत, खुट्टा, हात चलाउने विधिका बारेमा ज्ञान तथा सीप प्रदान गरिएको छ ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video