राजनीति
Jul 21, 2019
राजपा अध्यक्षमण्डलको संयोजकमा यादव
काठमाडौँ, साउन ५ राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्षमण्डलको संयोजकको जिम्मेवारी सोमबारदेखि राजकिशोर यादवले सम्हाल्नुहुने भएको छ । राजपाको यही साउन ४ र ५ गते प्रदेश नं २ को राजधानी जनकपुरमा भएको अध्यक्षमण्डलको बैठकले संयोजकको जिम्मेवारी यादवलाई दिने निर्णय गरेको हो । सोमबारदेखि यादवले संयोजकको जिम्मेवारी सम्हाल्नुहुने राजपाका संयोजक अनिलकुमार झाले आज विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ । राजपाको चक्रिय प्रणाली अनुसार हरेक दुई महीनामा संयोजक फेरिने व्यवस्था छ ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video