पर्यटन /बिबिध समाचार
Jul 21, 2019
पुलिसलाई हराउँदै ब्रिग्रेड ब्वाइज च्याम्पियन
काठमाडौँ साउन ५ ललित स्मृति कप यू–१८ च्याम्पियनशिप फुटबल प्रतियोगितामा ब्रिग्रेड ब्वाइज क्लबले विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गर्दै उपाधि हात पारेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेलमैदानमा आज भएको फाइनल खेलमा ब्रिग्रेड ब्वाइजले विभागीय टोली पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो । यस उपाधिसहित ब्रिगे्रड ब्वाइजले लगातार दोस्रो पटक उपाधि जितेको छ । ब्रिग्रेड ब्वाइजको जीतमा बृजेश चौधरीले गरेको एक गोल नै निर्णायक गोल साबित भयो । उनले खेलको २३औँ मिनेटमा गोल गरे । उपाधिसँगै ब्रिग्रेड ब्वाइजले रु तीन लाख प्राप्त ग¥यो । त्यस्तै उपविजेता बनेको पुलिसले रु एक लाख ५० हजार पायो । त्यसैगरी प्रतियोगितामा उत्कृष्ट गोलकिपरको उपाधि आर्मीका विशाल सुनारले पाए भने उत्कृष्ट रक्षक पुलिसका विशाल बस्नेत भए । उत्कृष्ट मिडफिल्डर ब्रिग्रेड ब्वाइजका शिशिर लेखी, उत्कृष्ट फरवार्ड ब्रिग्रेड ब्वाइजका ब्रिजेश चौधरी तथा उत्कृष्ट प्रशिक्षक ब्रिगे्रड ब्वाइजकै सुवित कार्की घोषित भए । उत्कृष्ट घोषित हुने खेलाडी एवम् प्रशिक्षकले जनही रु दश हजार प्राप्त गरे । विजेता टोली तथा खेलाडीलाई राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवाल, एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पालगायतले पुरस्कार प्रदान गर्नुभयो । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)द्वारा आयोजित उक्त प्रतियोगितामा ‘ए’ डिभिजनका १४ टोलीको सहभागिता रहेको थियो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video