समाज
Jul 22, 2019
जातीय सद्भाव र एकताका लागि काम गर्छु : गुरुङ सुन्दरी
चिप्लेढुङ्गा, साउन ६ तेस्रो हिरो मिसेस प्रतियोगिताका विजेता रविता गुरुङले आफुले जातीय एकतालाई जोड दिएर सामाजिक सद्भावका लागि काम गर्ने बताउनुभएको छ । विवाहित गुरुङ महिलाको व्यक्तित्व र नेतृत्व विकास गर्ने उद्देश्यले आयोजित प्रतियोगिताको उपाधि हात पार्दै २८ वर्षीया गुरुङले भन्नुभयो, “विभिन्न समयमा हुने यस्ता कार्यक्रमहरुले जातजाति, भाषाभाषीको रहनसहन र संस्कृतिको अध्ययन अवलोकन तथा संरक्षण गर्ने प्रेरणा दिन्छ ।” झट्ट हेर्दा बाहिरी रुपको विज्ञापन जस्तो ठानिए पनि यस्ता प्रतियोगिताले व्यक्तित्व र नेतृत्व विकाससँंगै बौद्धिक ज्ञान बढाउन सहयोग पु¥याउने उहाँको भनाइ छ । आफूले प्रतियोगितामा भाग लिएर उपाधि हात पार्ने बेलासम्म धेरै कुरा सिकेको र त्यसले आत्मविश्वास बढाएको उहाँले बताउनुभयो । पोखरामा हालै सम्पन्न तेस्रो हिरो मिसेस गुरुङ प्रतियोगितामा ११ विवाहिता गुरुङ महिला अन्तिम प्रतिस्पर्धामा उत्रिएका थिए । करीब डेढ महीना व्यक्तित्व र नेतृत्व विकासका साथै जातीय गाउँका घरबासको अध्ययन, अवलोकन तथा जातीय पहिचानको महत्वका बारेमा तालीम प्रदान गरिएको कार्यक्रमका प्रबन्ध निर्देशक पवि गुरुङले बताउनुभयो । विजेतालाई हिरो स्कुटर र विभिन्न उपहार प्रदान गरिएको छ । त्यसैगरी सो प्रतियोगिताको फष्ट रनर अप सम्झना गुरुङ र सेकेण्ड रनर अप तनु गुरुङ हुनुभएको थियो ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video