धुलिखेल अस्पताल क्षेत्र सिल  |  प्रधानमन्त्री ओली र प्रचण्ड बिच भेटवाता, कस्तो रह्यो भेट ?  |  ज्यानमार्ने उद्योगमा पक्राउ परेकालाई छुटाईदिन्छु भनि रकम लिने नुवाकोट शिवपुरीका युवक पक्राउ  |  नेपालमा कोरोनाको सङ्क्रमणसँगै मृत्युको ग्राफ बढ्दो, सर्तकता अपनाइएन भने ठुलो क्षती व्यहोर्नुपर्ने  |  सवारी दुर्घटनामा दुईको मृत्यु  |  हिजो मुल्यमा भारी गिरावट आएको सुन आज फेरी बढयो, कति पुग्यो आज तोलाको ?  |  घुस लिने प्रहरी निलम्बितः नलिने पुरस्कृत  |  सिन्धुपाल्चोकको बाढीपहिरा पीडितलाई चीनको सहयोग  |  कोरोनाको महामारीमा पनि बिप्लबका कार्यकर्ता पक्रदै प्रहरी,बिप्लबका १३ कार्यकर्ता पक्राउ  |  काँग्रेसका जिल्ला सभापतिहरुको बैठकको निष्कर्ष:विधानमै व्यवस्था नभएका विभागहरूमा मनोनयन गर्नु हास्यास्पद, त्यसलाई मान्दैनौं
समाज
Jul 22, 2019
बिपी कोइराला बहुआयामिक व्यक्तित्व
काठमाडौँ, साउन ६ प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको ३७औँ स्मृति दिवसको अवसरमा प्रजातान्त्रिक विचार समाज तनहुँले आज दमौलीमा प्रवचन कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले बिपीको नीति आज पनि उत्तिकै सान्दर्भिक रहेको चर्चा गर्नुभयो । बिपी कोइरालाले आफू अप्ठ्यारोमा पर्दा पनि पार्टीलाई बचाउन लागि परेको उहाँले स्मरण गर्नुभयो । बिपीको आदर्शलाई आत्मसात् गर्दै पार्टीलाई एकढिक्का बनाउन आवश्यक रहेको नेता भण्डारीको भनाइ थियो । “पछिल्लो समय पार्टीमा व्यक्तिवादी सोच हाबी भएको छ”, उहाँले भन्नुभयो । प्रजातान्त्रिक विचार समाजका वरिष्ठ केन्द्रीय उपाध्यक्ष एवं राष्ट्रिय समाचार समितिका पूर्वअध्यक्ष कुलचन्द्र वाग्लेले बिपी कोइरालाको बहुआयामिक व्यक्तित्वको बारेमा प्रष्ट पार्नुभएको थियो । उहाँले बिपीसँग भारतको बनारसमा सँगै बस्दाको अनुभव सुनाउनुभएको थियो । नेपाली काङ्ग्रेस तनहुँका पूर्वसभापति धु्रव वाग्लेले प्रत्येक नेतृत्व तहमा रहेका नेता तथा कार्यकर्ताले आफ्नो कमजोरी सुधार गरी अगाडि बढे मात्र पार्टी बलियो हुने बताउनुभयो । कार्यक्रममा काङ्ग्रेस तनहुँका कार्यवाहक सभापति जितप्रकाश आले, समाजका सचिव प्रदीप घिमिरे, समाजका पूर्वअध्यक्ष कमलामोहन वाग्ले, प्रेमप्रकाश भट्टराई, नेविसङ्घका जिल्ला अध्यक्ष चूडामणि खनाल, आत्मराम बाँस्तोला, प्रजातान्त्रिक विचार समाजका जिल्ला अध्यक्ष ब्रम्हदत्त तिमल्सिनालगायतले बिपीको मेलमिलापको नीतिलाई पार्टीभित्र लागू गर्नुपर्नेमा जोड दिनुभएको थियो ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video