रुम टु रिड तथा रुडेकद्धारा नुवाकोटको कुम्भेश्वर माविका शिक्षिका सम्मानीत  |  राष्ट्रपति हमिदसँग सभापति देउवाको भेट  |  आपराधिक क्रियाकलाप रोक्न भरपर्दो सूचना आवश्यक : गृहमन्त्री थापा  |  विदेशीलाई नागरिकता दिलाएको अभियोगमा ६ जना जेल चलान  |  अतिक्रमित भूमिको सुरक्षा गर्न माग गर्दै रिट निवेदन  |  उपनिर्वाचन २ ०७६ : नेकपाले लगायो उम्मेदारी टुङ्गो, काङ्ग्रेस छलफलमै  |  संविधान र लोकतन्त्रका पक्षमा मतदान गर्न नेता रिजालको आग्रह  |  आज मिति २०७६ कार्तिक २७ गते बुधबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल  |  सातै प्रदेशका नृत्यद्वारा बङ्गलादेशी पाहुनाको स्वागत  |  कालापानीलगायत भूभाग फिर्ता लिन उच्चस्तरीय कूटनीतिक पहल गर्नुपर्छ : काङ्ग्रेस
अर्थतन्त्र/सेयरबजार
Jul 23, 2019
नेप्से उकालो यात्रामा
काठमाडौँ, साउन ७ धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक करीब छ अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ५.९४ बिन्दुले बढेर एक हजार २७७.१७ बिन्दुमा पुगेको छ । ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.९२ ले बढेर २७४.४१ बिन्दुमा पुगेको छ । परिसूचक बढे पनि आज कारोवार रकम भने उल्लेख्यरुपमा वृद्धि हुन सकेन । सोमबारको तुलनामा कारोवार रकम वृद्धि भएको छ । कूल १६९ कम्पनीको १४ लाख ४४ हजार १९२ कित्ता शेयर रु ३६ करोड ८९ लाख ८० हजार ८६० मूल्यमा खरीद बिक्री भए । सोमबार कूल १६६ कम्पनीको १० लाख ८४ हजार ५५३ कित्ता शेयर रु ३१ करोड ६६ लाख ४३ हजार ४२१ मूल्यमा खरीद बिक्री भएको थियो । स्टकका अनुसार कूल कारोवार भएका ११ उपसमूह मध्ये आज चार उपसमूहको शेयर ओरालो लागेको छ । यस्तै सात उपसमूहको शेयर भने वृद्धि भएको छ । होटल ३.९२, जलविद्यसत् २.८, उत्पादन ४.२२ र अन्य उपसमूह ०.६५ बिन्दुले घटे । यस्तै बैंकिङ ६.९७, विकास बैंक ४.१७, वित्त ०.४३, निर्जीवन बीमा ३८.०५, लघुवित्त २८, जीवन बीमा ५.१९ र सामूहिक लगानी कोष ०.०१ बिन्दुले बढेको छ । स्टकका अनुसार आज कारोवारका आधारमा कृषि विकास बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु चार करोड ५१ लाख २२ हजार ३६९ मूल्यमा कारोवार भयो । नेपाल बैंक लिमिटेड रु तीन करोड ६१ लाख १९ हजार ४७६, नेपाल लाइफ इन्स्योरेन्स रु एक करोड ७३ लाख सात हजार ९७३, शिवम सिमेन्ट रु एक करोड १० लाख ८६ हजार २०३, प्रभु बैंक रु एक करोड आठ लाख ६० हजार २१८ र नबिल बैंक रु एक करोड सात लाख ७७ हजार १२३ मूल्यमा कारोवार भई शीर्ष स्थानमा रहे । स्टकका अनुसार महिला सहयात्रा माइक्रो फाइनान्स वित्तीय संस्थाका शेयरधनीले ७.९०, स्वदेशी लघुवित्त वित्तीय संस्था ७.७३, नेशनल माइक्रो फाइनान्स वित्तीय संस्था ५.७६, लक्ष्मी लघुवित्त वित्तीय संस्था ५.५०, समता माइक्रो फाइनान्स वित्तीय संस्था ५.१२ र राधी विद्युत् कम्पनीका शेयरधनीले ४.९० बिन्दुले बढेको छ । यस्तै दिव्यश्वरी हाइड्रो ७.२४, यूनियन हाइड्रोपावर ३.८८, सिर्जना फाइनान्स ३.२१, हिमालयन पावर पार्टनर २.८० र हिमालयन ऊर्जा विकास कम्पनीका शेयरधनीले २.७९ बिन्दुले घटेको छ । एक अर्ब ४० करोडको म्यूचुअल फण्ड बिक्री हुने सिद्धार्थ बैंकले प्रवद्र्धन गरेको ‘सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम २’ को बिक्री हुने भएको छ । सो योजनाको यही साउन २३ गतेदेखि बिक्री हुने आज प्रकाशित आह्वानपत्रमा उल्लेख छ । कूल रु एक अर्ब ४० करोड बराबरको उक्त योजना सिद्धार्थ म्यूचुल फन्डले ल्याएको दोस्रो योजना हो । प्रतिएकाइ रु १० का दरले १४ करोड एकाइ बिक्री गर्न लागिएको आज प्रकाशित आह्वान पत्रमा उल्लेख छ । सोमध्ये १५ प्रतिशतले हुन आउने दुई करोड १० लाख एकाइ वा सामूहिक लगानी कोष नियमावलीअनुसार बैंकको विज पूँजीको रुपमा लगानी गर्नेछ । आवेदन दिनेले न्यूनतम एकाइ सङ्ख्या १०० र अधिक्तम एकाइ एक करोड ४० लाख रहेको छ । उक्त सामूहिक लगानी कोष योजना छिटोमा यही साउन २७ गतेसम्म र ढिलोमा आगामी भदौ २० गतेसम्म बिक्री हुनेछ । नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयमार्फत आदेवन दिन सकिने छ । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video