तापमान वृद्धिको प्रभावबारे ‘कोप–२५’ मा ध्यानाकर्षण गराउँछौँ : मन्त्री बस्नेत  |  तेह्रौँ साग : ४५ स्वर्णसहित नेपाल दोस्रो स्थानमा  |  सरकारी कार्यालयमा एकैपटक छ सय करार कर्मचारी माग, यसरी गर्नुहोस आवेदन  |  नेपाल नर्सिङ संघको नयाँ कार्य समितिका लागि रानाको नेतृत्वमा संयुक्त पेशागत समूहको उम्मेद्धवारी घोषणा  |  विपद् पहिचानको नक्सा बनाउँदै कामपा  |  अवरुद्ध शिखर सम्मेलन शीघ्र गरेर सार्कलाई पुनर्जीवन दिऔँ : प्रधानमन्त्री  |  उपनिर्वाचनमा सरकारको अनुमोदान भएको छ : नेता अधिकारी  |  आज मिति २०७६ मंसिर २३ गते सोमबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल  |  पुरुष ह्याण्डबलमा पाकिस्तानलाई स्वर्ण  |  नेपाल भ्रमण वर्ष : पाँच हजार व्यक्तिलाई पर्यटकीय तालीम दिइने
अपांगता/अल्पसंख्यक
Mar 18, 2015
दृष्टि बिहिन परीक्षार्थीले एसएलसी परीक्षामा कक्षा ९ का लाई सहयोगी राख्न पाउने

रमेश गिरी । भक्तपुर, चैत १ – परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको एसएलसी परीक्षामा दृष्टि बिहिन परीक्षार्थीका लागि कक्षा ९ मा अध्ययनरत विद्यार्थीलाई सहयोगीका रुपमा राख्न पाउने व्यवस्था गरेको छ ।

कार्यालयले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिँदै परीक्षा नियन्त्रक विष्णुबहादुर द्धारेले गएको वर्षसम्म दृष्टि बिहिन परीक्षार्थीले कक्षा ८ अध्ययनरत विद्यार्थीलाई सहयोगी राखेर परीक्षा दिने व्यवस्था गरेकोमा यस वर्ष त्यो व्यवस्थालाई परिमार्जन गरेको बताउनुभयो ।

त्यसैगरि यसवर्षदेखि एसएलसी परीक्षा दिने परीक्षार्थीको विस्तृत विवरण सहितको कन्ट्रोल लिष्ट कार्यालयको वेबसाइड www.soce.gov.np बाट सार्वजनिक गर्ने भएको छ । कुन विद्यालयबाट कसले कुन विषयमा परीक्षा दिएको भन्ने विवरण सहित विद्यालयको नाम, परीक्षार्थीको नाम, जन्ममिति, रजिष्ट्रेसनमा भरेको विषय, परीक्षा दिएको दिएको विषय सहितको सम्पूर्ण विवरण राख्ने भएको पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

परीक्षा नियन्त्रक द्धारेले भन्नुभयो ‘विगतका वर्षमा यस्तो व्यवस्था नहुँदा रजिष्ट्रसन फाराम भर्दा र परीक्षा दिदाँ फरक विषय भएमा अनुतिर्ण हुने, मिसिङ हुने समस्या आउने गरेकोमा, यसवर्ष परीक्षार्थीको सबै विवरण वेवसाइडमा राखिदिएपछि परीक्षार्थीले कुनै पनि गल्ति भएमा तत्काल सच्याउनका लागि नतिजा सार्वजनिक गर्नु अघि नै कार्यालयलाई जानकारी गराउने सक्नेछन् ।’

यो व्यवस्थाले मिसिङ न्यूनिकरण हुने, परीक्षामा उतीर्ण हुनेको संख्या बढ्ने र विद्यार्थीले दुःख पाउनु नपर्ने उहाँको भनाई छ । कार्यालयले परीक्षा सकिएको एकसाता भित्र विद्यार्थीको विवरण वेबसाइडमा राख्ने भएको छ ।

त्यसैगरी एसिड छर्किएर घाईते भई अस्पतालमा उपचार भैरहेको दुई छात्रालाई नजिकको केन्द्रबाट प्रश्नपत्र सहितको टोली खटाइ अस्पतालबाटै परीक्षा दिने व्यवस्था मिलाइएको जानकारी दिँदै उहाँले लेख्न नसक्नेका हकमा सहयोगी राख्न पाउने व्यवस्था गरिएको बताउनुभयो ।

कार्यालयले परीक्षार्थीले प्रश्नपत्रमा उत्तर लेखेर प्रश्नपत्र साट्ने जस्ता गलत कार्य रोक्न प्रश्नपत्रको सिरानीमा सिम्बोल नम्बर लेख्नुपर्ने व्यवस्था गरेको छ । त्यसैगरि शिक्षा ऐन २०२८ को दफा १७ बमोजिम परीक्षाको मर्यादा विपरित अमर्यादित कार्य गर्ने जोकोहीलाई कसुरको मात्रा हेरेर एक लाख रुपैयाँ जरिवाना वा ६ महिना कैद वा दुवै सजाय गर्ने व्यवस्था गरेको परीक्षा नियन्त्रक द्धारेले जानकारी दिनुभयो ।

होम सेन्टर भएका विद्यालयमा सोही विद्यालयमा कार्यरत व्यक्तिलाई परीक्षामा खटाउन नपाईने र परीक्षार्थीका हकमा परीक्षार्थीले कुनै पनि किसिमको अनियमित एवं अनुशासनहिन काम गरेमा, अर्को व्यक्तिलाई परीक्षा दिन लगाएको पाइएमा परीक्षा रद्ध गरी अर्को एक वर्षसम्म परीक्षा दिन नपाउने गरी कारबाही गर्ने भएको छ । कार्यालयले परीक्षाको सबै तयारी पूरा गरेको जानकारी दिँदै नियन्त्रक द्धारेले परीक्षालाई मर्यादित रुपमा सम्पन्न गराउन सबैसँग आह्वान गर्नुभएको छ ।

यस वर्षको परीक्षामा कूल ५ लाख ७४ हजार ६ सय ८५ जना परीक्षार्थी सहभागी हुने छन् जसमा जसमा नियमित तर्फ छात्र २ लाख १२ हजार ५ सय ४ र छात्रा २ लाख १३ हजार ७१० गरी कूल ४ लाख २६ हजार २ सय १४ जना परीक्षार्थी  परीक्षामा सहभागी हुने भएका छन् ।

एक्जाम्टेड तर्फ भने छात्र ५९ हजार २ सय ५३ जना र छात्रा ८५ हजार ९ सय ३० जना गरी कूल १ लाख ४५ हजार १ सय ८३ जना सहभागी हुने भएका छन् । प्राविधिक तर्फ भने छात्र २ हजार ३७ जना र छात्रा तर्फ १ हजार २ सय ५१ जना गरी कूल ३ हजार २ सय ८८ जना परीक्षामा सहभागी हुने भएका छन् ।

परीक्षार्थी मध्ये सबैभन्दा बढी काठमाडौंमा ३४ हजार ५ सय ८७ जना र सबैभन्दा कम मनाङमा ७४ जना परीक्षार्थी रहेका छन् भने यसवर्ष परीक्षा दिनेमा छात्र भन्दा छात्राको संख्या बढी छ ।
यस वर्षका परीक्षाका लागि देशभर कूल १ हजार ८ सय ६२ वटा परीक्षा केन्द्र कायम गरेको उहाँले जानकारी दिनुभयो । जसमा सबैभन्दा बढी परीक्षा केन्द्र काठमाडौंमा ९१ वटा र सबैभन्दा कम मनाङ र मुस्ताङमा १˗१ वटा परीक्षा केन्द्र कायम गरिएको छ ।

परीक्षाका लागि २७ हजार ९ सय ३० जना सुरक्षाकर्मी, १ हजार ८ सय ६२ जना केन्द्राध्यक्ष, २ हजार ४ सय ४० जना सहायक केन्द्राध्यक्ष, २३ हजार १४ जना निरिक्षक र ७ हजार ६ सय ९९ जना कार्यालय सहायक परिचालन गरिने भएको परीक्षा नियन्त्रक द्धारेले जानकारी दिनुभयो ।

कार्यालयले यसवर्ष परीक्षामा खटिने सबै व्यक्तिको दैनिक भत्ता समेत बृद्धि गरेको छ । जसमा केन्द्राध्यक्षको दैनिक ५ सयबाट ८ सय, सहायक केन्द्राध्यक्षको ३ सय ५० बाट ५ सय, निरिक्षकको २ सयबाट ३ सय ५०, सुरक्षाकर्मीको ५० बाट  १ सय ५०, कार्यालय सहयोगीको १ सयबाट २ सय पुर्‍याइएको परीक्षा नियन्त्रक द्धारेले जानकारी दिनुभयो ।

त्यस्तै परीक्षाको उत्तरपुस्तिका परीक्षण गर्ने परीक्षकलाई एउटा उत्तरपुस्तिकाको १५ दिँदै आएकोमा यस वर्षदेखि २० रुपैयाँ पुर्‍याइएको र संम्परीक्षण गर्नेलाई ४ बाट  ५ दिनेगरी बृद्धि गरिएको छ ।

पत्रकार सम्मेलनमा शिक्षा सचिव विश्वप्रकाश पण्डितले प्राविधिक विषयमा यसवर्ष परीक्षा दिने परीक्षार्थीलाई कक्षा ११ मा पनि प्राबिधिक विषय नै पढ्न पाउने व्यवस्था गरिने जानकारी दिनुभयो । 



प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video