पुर्व राष्ट्रपतिद्धारा जिपी कोईराला फाउण्डेसन एसिया प्यासीफीक क्षेत्रीय संयोजक थापामगर सम्मानीत  |  ‘द्वन्द्व व्यवस्थापनमा नेपालले अपनाएको विधि विश्वका लागि नमूना’  |  मिति २०७६ असोज २९ गते बुधबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल  |  सांसद साह पक्राउ  |  एनआरएनए सम्मेलनमा भागलिन आएका गैरआवासीय नेपालीद्धारा त्रिभुबन बिमानस्थलमा तोडफोड, घटनामा संलग्न एक पक्राउ  |  समृद्ध नेपाल निर्माणको महाअभियानमा योगदान गर्न राष्ट्रपतिको आग्रह  |  नौ बुँदे घोषणापत्रसहित अन्तर्राष्ट्रिय दलित सम्मेलन सम्पन्न  |  भारत र चीनको सम्बन्ध सुधारले नेपालको समृद्धि यात्रा अनुकूल ः प्रधानमन्त्री  |  मनसुन बाहिरिएसँगै चिसो बढ्नेक्रम शुरु  |  कर्मचारी नहुँदा कार्यालयको काम ठप्प
पर्यटन /बिबिध समाचार
Jul 24, 2019
एसिया प्यासिफिकमा नेपालका तीन खेलाडीले भाग लिने
काठमाडौँ,  साउन थाइल्याण्डको बैङ्ककमा आयोजना हुने एसिया प्यासिफिक बडी बिल्डिङ च्याम्पियनशिप– २०१९ मा नेपालबाट तीन खेलाडी सहभागी हुने भएका छन् । यही साउन ३१ देखि भदौ १ गतेसम्म आयोजना हुने उक्त प्रतियोगितामा नेपालबाट तीन खेलाडीलाई सहभागिता गराउने निर्णय गरिएको नेपाल शारीरिक सुगठन तथा फिटनेस सङ्घले जनाएको छ । नेपालमा नै सम्पन्न भएको १२औँ दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगितामा विजेता बनेका तीन खेलाडीसहित एक अफिसियललाई थाइल्यान्ड पठाउने निर्णय गरिएको सङ्घले जनाएको छ । त्यसैगरी चीनको होहोट सिटी इन्नटर मङ्गोलियामा हुने ५३औँ एसियन बडी बिल्डिङ एण्ड फिजिक स्पोर्ट्स च्याम्पियनशिप–२०१९ मा नेपालबाट नौ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । आगामी भदौ २६ देखि असोज १ सम्म हुने उक्त च्याम्पियनशिपमा नेपालबाट बडी बिल्डिङमा तीन, पुरुष स्पोर्ट्स फिजिक र महिला एथ्लेटिक्स फिजिकमा चार र पुरुष एथ्लेटिक्स फिजिकमा दुई गरी नौ खेलाडी सहभागी हुने सङ्घले जनाएको छ ।त्यस्तै नेपालमा आयोजना भएको १२औँ दक्षिण एसियाली शारीरिक सुगठन च्याम्पियनशिपमा पदक विजेता खेलाडीलाई नेपाल शारीरिक सुगठन तथा फिटनेस सङ्घका अध्यक्ष राजेशबाबु श्रेष्ठले व्यक्तिगततर्फबाट नगदसहित सम्मान गर्ने घोषणा गर्नुभएको छ । आगामी मङ्गलबार सो प्रतियोगितामा स्वर्ण पदक विजेतालाई ५० हजार, रजत पदक विजेतालाई ३० हजार र कास्य पदक विजेतालाई २० हजार प्रदान गरिने छ । च्याम्पियनशिपमा नेपालले तीन स्वर्ण, सात रजत र छ कास्य पदक जितेको थियो । प्रतियोगितामा टोली च्याम्पियन अफगानिस्तान भएको थियो भने नेपाल दोस्रो बनेको थियो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video