अपांगता/अल्पसंख्यक
Mar 22, 2015
हात र खुट्टा नभएकी समाचार बाचिका
काठमाडौं,  ।
मान्छे भित्र दृढ इच्छाशक्ती, केही गर्ने जोश, इमान्दारिता र आँट भए जे पनि गर्न सक्ने हामी धेरै सुनेका छौं । शाररिक अपाङ्गताले मान्छेलाई न त सगरमाथाको सफल आरोहण गर्न रोक्न सकेको छ न त नृत्य गर्न नै । मान्छेले चाहेमा जे पनि गर्न सक्ने पच्छिलो उदाहरण बन्न सफल भएकी छिन एक नेपाली चेली जो समाजमा रहेका धेरैका लागि ‘रोल मोडल’ हुन सक्छिन ।

kamala2

शाररिक अपाङ्गताले मान्छेको बौद्धिक क्षमतालाई रोक्न सक्दैन । हो आज हामी तिनै नेपाली चेलीको कुरा गर्न गईरहेको छु । जसले तपाईको घरमा देश भित्र र बाहिरका समाचारलाई सरल र सहज तरिकाले प्रस्तुत गरी तपाई हामीलाई सूचना प्रदान गरी रहेकी छिन् । आज उनी यो स्थान सम्म आइ पुग्न निकै दुःख कष्ट र पिडाको सामना समेत गरेकी छिन् । भनिन्छ नि, मेहनतको अगाडि सफलता नतमस्तक हुन्छ, म कुरा गर्दै छु हिमालयन टेलिभिजनका समाचार बाचिका कमला श्रेष्ठको । उनको कथा यस्तो छ :


kamala6
नेपालका न्युज च्यानलहरु हेर्नुहुन्छ भने पक्कै हिमालय टिभीकी यी न्युज एङ्करलाई तपाईँले पर्दामा देख्नुभएको हुनुपर्छ। यिनी हुन् कमला श्रेष्ठ। पर्दामा खासै केही फरक देखिँदैन। तर उनको जीवनको कथाव्यथा अरुको भन्दा फरक छ। यहाँसम्म आइपुग्न उनले निकै संघर्ष गर्नुपरेको छ। केही समयअघि अस्ट्रेलियाको डेली टेलिग्राफले उनको बारेमा एउटा लामै फिचर छापेको थियो।
kamala7
अहिले कमला टेलिभिजनमा समाचार मात्रै होइन एफएममा कार्यक्रम पनि चलाउँछिन्। तर केही वर्षअघिसम्म उनको जीवन निकै कठिन थियो।

ट्रिपल एम्पुटी हुन् उनी। अर्थात् उनको दुई वटै हात र एउटा खुट्टा छैन। १२ वर्षको कलिलो उमेरमै उनले उडाएको चङ्गा काठमाडौँको हाइभोल्टेज पावर लाइनमा अड्कियो। त्यसलाई निकाल्न फलामे छड प्रयोग गर्दा उनलाई ११ हजार भोल्टको इलेक्ट्रिक सक लाग्यो। त्यसपछि उनी तीन महिनासम्म त कोमामै रहिन्। आगोका कारण भएको इन्फेक्सनले उनले दुई वटा हात र एउटा खुट्टा गुमाउनु पर्‍यो।

१० वर्षसम्म उनी कतै जान नसकेकोले एउटै कोठामा बसिरहेकी थिइन्। उनको कुरा क्यासल हिलका रोटरियन रोन मार्कस कहाँ पुग्यो। उनले आफ्नो अध्यक्षलाई यसबारे बताए। त्यहाँबाट अस्ट्रेलियाको ह्यारिसपार्कस्थित Appliance and Limb Centre मा कुरा पुग्यो। उनीहरुले सित्तैमा कमलालाई कृत्रिम अंग जडान गरी ट्रेनिङ दिने बताए। Otto Bock (Australasia) र Reis Orthopaedics कृत्रिम अंग बनाइदिने भए जसको मूल्य १३ हजार डलर पर्थ्यो।


कल्पना र उनकी दिदी तीन साताका लागि अस्ट्रेलिया पुगिन्। त्यहाँ कृत्रिम अंग जडान गरियो। अहिले उनी आफू जस्तै अरुलाई सहयोग गर्ने अभियानमा पनि छिन्।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video