समाज
Jul 26, 2019
नख्खु बमकाण्ड : पेस्तोल देखाएर सुरक्षागार्डलाई नियन्त्रणमा लिने शेर्पा पक्राउ
काठमाण्डौं । ललितपुरको नख्खुस्थित एनसेल कार्यालय अगाडि बम विष्फोटमा संलग्न फरार एक व्यक्तिलाई बिहीबार पक्राउ गरी आज सार्वजनिक गरेको छ । 
महानगरीय अपराध महाशाखा काठमाडौँको विशेष टोलीले उक्त घटनामा संलग्न रहेको आरोपमा विप्लव समूहका युवा सङ्गठन सदस्य भोजपुर निवासी दोर्जे भन्ने दोर्ची शेर्पालाई काठमाडौँको गोङ्गबुबाट पक्राउ गरेको हो । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० सहकुल थापाका अनुसार उनले घटनास्थलमा मुख्य योजनाकारको भूमिका खेलेका थिए । उक्त दिन शेर्पाले एनसेल कार्यालयका सुरक्षागार्डलाई पेस्तोल देखाएर नियन्त्रणमा लिएको सीसी क्यामराबाट पत्ता लागेको थियो । घटनाका दोषीहरुलाई खोज्ने क्रममा काभ्रेको काफलडाँडामा प्रहरीले चलाएको अपरेशनबाट समेत उनी उम्कन सफल भएको थापाले बताउनुभयो ।
गत साल फागुन १० गते राति भएको बम विष्फोटमा सिंहप्रसाद गुरुङको मृत्यु भएको थियो भने कुमार खत्री, प्रतिक्षा खड्का र उरुषा मानन्धर घाइते हुनुभएको थियो । उक्त घटनामा आठ जनाको संलग्नता रहेकोमा सात जना यसअघि नै पक्राउ परिसकेका छन् । 
 
विप्लव समूहले विभिन्न स्थानमा आपराधिक गतिविधि गर्न थालेपछि फागुनको अन्तिम साता सरकारले विप्लव समूहको गतिविधि विध्वंशकारी रहेको निष्कर्ष निकाल्दै उसका गतिविधिमाथि रोक लगाएको थियो । त्यसपछि प्रहरीले विप्लव समूहका सयाँै नेता–कार्यकर्तालाई पक्राउ गरी मुद्दा चलाएको छ ।  


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video