प्रवासी खबर
Jul 27, 2019
एनआरएनए एनसीसी बहराइनमा पहिलो पटक महिला नेतृको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
काठमाण्डौं । गैर आवासीय नेपाली संघ एनसीसि बहराइनमा लक्ष्मी गिरीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । 
सर्वसम्मत चयन गरिएको नयाँ कार्यसमितिको उपाध्यक्षमा प्रेम बहादुर क्षेत्री, द्धितिय उपाध्यक्ष अमर श्रेष्ठ, महिला उपाध्यक्ष कृष्ण कुमारी गुरुङ, महासचिवमा राजुकुमार श्रेष्ठ, सचिवमा राजु खत्री, कोषध्यक्षमा विष्णुप्रसाद आचार्य, सह कोषाध्यक्षमा देबेन्द्र गिरी महिला संयोजकमा लक्ष्मी क्षेत्री तथा युवा संयोजकमा तिर्थबहादुर भण्डारी चयन भएका छन् । त्यस्तै पर्यटन संयोजकमा सुशिल भण्डारी कार्यसमिति सदस्यहरुमा दिप विक्रम राना, तिलकबहादुर कार्की, कमला सुनार विक, रविन केसी र संगीता खत्री सर्वसम्मत चयन भएकाछन् ।
सर्वसम्मत चयन भएपछि अध्यक्ष लक्ष्मी गिरिले बहराईनमा रहेका नेपाली कामदारहरु र हाउसमेड कामदारहरुको हकअधिकारको लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।  
गिरिले नेपाल र बहराईन बिच सिधा हवाईसेवा नहुदा धेरै समस्या परेको जनाउदै हवाईसेवा खुलाउन आफनो कार्यकालमा पहल गर्ने बताईन् ।
एनसीसि बहराइनको जुलाई २६ मा भएको सातौं अधिवेशन कार्यक्रममा एनआरएनए आईसिसी उपाध्यक्ष कुमार पन्त, एनआरएनए आइसीसी सचीव डिबि क्षेत्री, एनआरएनए आईसीसी सदस्य मनोज गोर्खाली, कल्याण श्रेष्ठ, राजु सैयद, सुदिप कार्की, दुर्गा गिरि लगायतको उपस्थिति रहेको थियो । 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video