धर्म/संस्कृति
Jul 31, 2019
आज मिति २०७६ साउन १५ गते बुधबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल
ज्यो. पं ओजराज उपाध्याय लोहनी । काठमाण्डौं । साउन १५ ।विक्रम संवत २०७६ साल श्रावण १५ गते बुधबार तदनुसार २०१९ जुलाइ ३१ तारिख श्रावण कृष्ण पक्ष चतुर्दशी तिथि विहान १० । ५४ उप्रान्त औशी तिथि पुनर्वषु नक्षत्र दिउसो २ । ४६ उप्रान्त तिष्य नक्षत्र वज्र योग राति ८। १६ उप्रान्त सिद्धि योग चतुष्पद करण आनन्दादि योगमा गद योग चन्द्रमा मिथुन रासिमा विहान ९ । ३ उप्रान्त कर्कट राशिमा लाभ वेला विहान ६ । ५६ सम्म आज चन्द्रमा पश्चिम दिशावाट उत्तर जाने भएकोले आज काम गर्दा पश्चिम फर्केर यात्रा पश्चिको भएमा सिधै अन्यभएमा केहि पस्चिम गएर गर्नु बेश विहानै उठेर पस्चिम फर्केर ॐ नमः शिवाय मृत्युन्जय महाँदेवाय नमोऽस्तुते ।। ॐ श्रीं ह्रीं क्लीं हुँ गुह्यकाल्यै ह्रीं ह्रीं ह्रीं हुँ हुँ हुँ बज्र बज्र बज्र हुँ बज्र श्वर्यै स्वाहाः ॐ श्रीं ह्रीं क्लीं ग्लों गं क ए इ ल ह्रीं गणपतये हशकल ह्रीं वरवरद शकल ह्रीं सर्ब ।जनं मां वशमानाय स्वाहाः यो समय राष्टको प्रतिकूल रहेकोले यो ३ मन्त्र जप गर्दा देशको कल्याण होस भन्न नभुल्नुहोला 
ॐ गं गणपतये नमः ॐ नमः शिवाय । ॐ नमः भगवते वाशुदेवाय ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे नमः ॐ घृणीं सूर्या आदित्याय नमः इ ५ मन्त्र पन्च भौतिक शरिर धारणा गर्ने सबैका लागि कल्याण कारी हुनेछ 
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesविहान पराक्रम बढ्ने अधुराकाम पुरा हुने र नयाँ कामहरु अगाढि बढने दिउसो मित्रहरुले साथ नदिने बौद्धिकताले अरुको विस्वास जित्न असफल हुने मनमा चिन्ता बढने योग 
 
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusविहान वोलिको प्रभावर राम्रो नहुनुहो साथै विवादले चिन्तित वनाए पनि दिउसो पराक्रमको तिब्रताले कामबन्ने र मन प्रसन्न हुने नयाँ कामको प्रस्ताव आउने योगछ घरेलु काममा रुचि बढने मित्रहरुले साथदिने योग 
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiमनोवल बढ्नेहुदा आफ्नो प्रभाव अनुकूल हरने भेटघाटमा अरुको मन जित्न सफल भएपनि दिउसो वोलिको प्रभाव राम्रो नभएकोले आँटेको काम पुरा नहुने योग ठूला व्यक्तिले असहयोग गर्नाले चिन्ता बढने 
 
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerविहान खर्च वढ्ने विबाद वढ्ने चिन्ता बढ्ने योग भएपनि दिउसो शुभ समाचार काममाको बारेमा आउनाले मनमा प्रसन्नता र मनोबल बढने कूटनैतिक कार्यमा संलग्न हुने रमाइलो यात्राको योग ठूला व्यक्तिले प्रसम्सा गर्नेयोग
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoविहान केहि आमदानिको अवसर हरु मिलेपनि दिउसो विनाकारण खर्च विबाद अरुबाट आलोचना हुने योग मनमा चिन्ता काममा असफलता विस्वासमा धोक हुने नोकरीमा दुखद स्थानान्तरण  
 
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoगरेका कामले नोकरिमा शुभ समाचार राजनितीमा सम्मान गरेका काममा सफलता अरुबाट प्रसम्सा धनलाभ बौध्दिक मार्गमा कूसलताको प्रयोग
 
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraआँटेको काममा रुचि रुचिका साथ अघिबढ्दा भाग्यले साथदिने कर्म वलियो भएको हुदा ठूला व्यक्तिले सन्तुष्ठभै सहयोग गर्दा काममा सुधार आउने शत्रु पराजय हुने मित्रहरुको सहयोग मिल्ने योग 

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioस्वास्थ कम्जोर हुने भएकोले गरेको काममा सफलता पाउन असहजभै मनमा खिन्नता बढने योग नैराश्यता र उदाशिन्ता वढ्ने भएकोले अरुको विस्वासमा अघिबढ्दा धोका हुने भएकोले सजग हुनु राम्रो
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusविहानै गरेका काममा केहि लाभ हुने वैदेशिक कार्यमा सफलता मिल्ने योग भएपनि दिउसो अशुभ समाचार यात्रामा संकट लेनदेनमा विबाद स्वास्थमा बाधा काममा अवरोध अरुबाट सहयोग नपाउने सरिरमा चोटपटक लाग्न सक्ने 
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornव्यापारमा गरेको परिश्रमले कामबन्ने बैदेशिक कार्यमा लाभमिल्ने योग आफ्नु प्रयासमा अरुलाइ खुसि मिल्ने प्रेम जिवन विबाहमा उन्मुख भेटघाटमा अरुबाट प्रसम्सा पाउने योग
 
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusविहान वौद्धिक कार्यमा केहि समस्या भएपनि दिउसो परिश्रम गरेर काममा सफलता पाउने शत्रु पराजय हुनु साथै काम वन्ने र धनलाभ हुने योगका साथै अरुलाइ आफ्नो कार्यमा सम्लग्न गराउने योग 


मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Pisces
बौध्दिकताको कमी हुनाले काममा र पढाइमा अवरोध आउने अरुले सहयोग नगर्ने वैदेशिक कार्यामा गरेका प्रयास असफल हुने विस्वास गरेकाले धोका दिने भएकोले सोचे जस्तै सफलता नमिल्ने योग 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video