नेपाल र चीनले जारी गरे १४ बुँदे संयुक्त वक्तव्य, के के छ बक्तव्यमा ?  |  काँग्रेस संसद निवासबाटै पक्राउ  |  उन्नाइस लाख नगदसहित जुवाडे पक्राउ  |  सिन्धुपाल्चोक दुर्घटनाका ८१ घाइते घर फर्के  |  चिनियाँ राष्ट्रपति दिउसो १ बजे र्फकने, सि को आजको कार्यतालीका यस्तो छ  |  ‘चीनसँगको समझदारीबाट नेपाल तेस्रो मुलुकसम्म सरल पहुँच गर्न सक्ने थप आधार विकास’  |  चीनका नाकामा सहज प्रवेश गर्न पाउनुपर्ने व्यवसायीको माग  |  आज मिति २०७६ असोज २६ गते आइतबार कोजाग्रत पुर्णिमा, तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल  |  राष्ट्रपति विद्या भण्डारीले आज गरेकाे सम्बोधनको पूर्ण विवरण  |  ‘जापानको शक्तिशाली आँधीमा नेपालीहरु सुरक्षित’
अर्थतन्त्र/सेयरबजार
Jul 31, 2019
भुक्तानी सेवा प्रदायक क्षेत्रमा अहिले सम्मको अत्याधुनीक र नविनतम प्रविधि सहित “सेलपे” को सुभारम्भ
रबिन थपलिया । काठमाण्डौं । साउन १५ । भुक्तानी सेवा प्रदायक क्षेत्रमा संचालनमा रहेका भन्दा फरक र नविनतम प्रविधि सहित सेलकम प्रा.लि ले सेलपे सेवा सञ्चालनमा ल्याएको छ ।  
राजधानीको सोल्टी होटलमा सोमबार आयोजीत विशेष कार्यक्रमका बिच नेपाल राष्ट्र बैकका गर्भनर चिरञ्जीवि नेपालले सेलपे को सुभारम्भ गरेका हुन् । 
सेलपे को सुभारम्भ गदै डा. नेपालले नविनतम प्रविधिसंगै सेलपेको सुभारम्भले डिजिटल भुक्तानीको क्षेत्रमा नयाँ आयाम थपेको बताए । गर्भनर नेपालले डिजिटल प्रविधिसंगै संसारमा साइबर सुरक्षाको खतरा बढेको बताँउदै त्यसबाट बच्न प्रविधि चुस्त दुरुस्त हुनुपर्ने बताए ।
कार्यक्रममा बोल्दै सेलकम प्रा.लिका अध्यक्ष दिपक मल्होत्राले सेलपेमा अन्तराष्ट्रिय स्तरको सुरक्षा प्रणाली प्रयोग गरीएकाले ढुक्कको साथ प्रयोग गर्न सवैलाई आग्रह गरे । 
कार्यक्रममा सेलपे का ब्राण्डएम्बेसडर मह जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले सेलपेको प्राविधिक र अन्य विषयको अध्ययन गरेर मात्र ब्राण्डएम्बेसडर स्वीकार गरेको बताँउदै यसको प्रयोगमा शंका गर्नुपर्ने ठाँउ नरहेको बताए । 
कार्यक्रममा सेलकम प्रा.लिका प्रमुख कार्यकारी अधिकृत पवन प्रधानले सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशनको माध्यमबाट आफ्नै बैंक खाता प्रयोग गरी विभिन्न भुक्तानी तथा रकम स्थानान्तरण गर्न सकिने बताए । 
सेलपेमार्फत दूरसंचार सेवा, विजुली, खानेपानी, टिभी, ईण्टरनेटको महशुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेण्ट, सिनेमा हलहरुमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफरलगायत सबैखालका विद्युतीय भुक्तानी गर्न सकिने प्रधानले जानकारी दिए । उनका अनुसार सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा मितव्ययी सेवा हो । सेलपेमार्फत गरिने भुक्तानी वास्तविक समयमा कार्यान्वयन हुन्छ । जब कुनै ग्राहकले कुनै पनि भुक्तानीका लागि अनुरोध सम्प्रेषण गर्छ तब तुरुन्तै निजको बैंकको खातामा संचित रकमबाट निर्देष भए बमोजिमको रकम कट्टी भई जसलाई भुक्तानी गरिनु पर्ने हो निजको बैंक खातामा उक्त रकम जम्मा हुनेछ । यसरी कुनै वालेट विना नै विभिन्न भुक्तानीहरु गर्न सकिनु सेलपे सेवाको मुख्य विशेषता हो ।

के हो सेल पे ?
सेलपे सेवा, नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्राईभेट लिमिटेडले संचालन गरेको विभिन्न किसिमका भुक्तानीहरु गरिने सेवा हो । सेलपे सेवाबाट मोवाईल तथा वेबको माध्यममार्फत आफ्नै बैंक खाता प्रयोग गरी विभिन्न भुक्तानी तथा रकम स्थानान्तरण गर्न सकिने छ । सेलपे सेवा विभिन्न अन्तर्राष्ट्रिय स्तरको सुरक्षा प्रणाली अनुपालन गरी विकसित गरिएको छ । सेलपेबाट भुक्तानी गर्दा छुट्टै वालेट बनाउन पर्दैन । भुक्तानी गर्दा वालेटमा रकम स्थानान्तरण गर्नु पर्ने जस्ता झंझटिला प्रक्रियाहरु अपनाउनु पर्दैन । सेलपे सेवा एक किसिमको डिजिटल डेविट कार्ड हो । यसमा ग्राहकले आफ्नो एक वा एकभन्दा बढी बैंक खाताहरु जोड्न सक्ने छन् । सेलपे सेवाबाट मोवाईल फोन रिचार्ज, टेलिफोन, विजुली, खानेपानी, ईण्टरनेट महसुल भुक्तानी, रकम स्थानान्तरण, विक्रेता भुक्तानी, ईकमर्स तथा अनलाईन भुक्तानीहरु गर्न सकिने छ ।
यसरी लिन सकिन्छ सेलपेको सेवा
गुगल प्लेस्टोर वा एप्पल एप्पस्टोर वा हाम्रो वेबसाईटमा गई सेलपे एप्प आफ्नो स्मार्टफोनमा डाउनलोड गर्नु पर्ने छ । जसमा आफ्नो विवरण केवाईसी अपलोड गरी बैंक खाताहरु जोड्न पर्नेछ । जसमा सेलपेसँग आवद्ध भएका सबै बैंक खातालाई आबद्ध गराउने सकिने छ ।
यस्तो छ सेलपे लोयल्टी सेलपे लोयल्टी
एक ग्राहक ईनाम योजना हो । जुन योजनामा तपाईले तपाईको हरेक कारोवारमा एक निश्चित वोनस रकम प्राप्त गर्न सक्नु हुनेछ । त्यसरी प्राप्त बोनसबाट मोवाईल सिचार्ज गर्न किने छ । उक्त पेमेन्ट गेटवेमा नेपाल राष्ट्र बैंकद्वारा निर्धारित गरिएका कारोवारका सीमाहरु लागू हुने छन् जुन कारोवारको प्रकारमा आधारित हुने छन् । सेलपेमार्फत रकम ट्रान्सफर गर्दा न्यूनतम २ रुपैयाँदेखि २० रुपैयाँसम्म लाग्नेछ ।
 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video