पुर्व राष्ट्रपतिद्धारा जिपी कोईराला फाउण्डेसन एसिया प्यासीफीक क्षेत्रीय संयोजक थापामगर सम्मानीत  |  ‘द्वन्द्व व्यवस्थापनमा नेपालले अपनाएको विधि विश्वका लागि नमूना’  |  मिति २०७६ असोज २९ गते बुधबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल  |  सांसद साह पक्राउ  |  एनआरएनए सम्मेलनमा भागलिन आएका गैरआवासीय नेपालीद्धारा त्रिभुबन बिमानस्थलमा तोडफोड, घटनामा संलग्न एक पक्राउ  |  समृद्ध नेपाल निर्माणको महाअभियानमा योगदान गर्न राष्ट्रपतिको आग्रह  |  नौ बुँदे घोषणापत्रसहित अन्तर्राष्ट्रिय दलित सम्मेलन सम्पन्न  |  भारत र चीनको सम्बन्ध सुधारले नेपालको समृद्धि यात्रा अनुकूल ः प्रधानमन्त्री  |  मनसुन बाहिरिएसँगै चिसो बढ्नेक्रम शुरु  |  कर्मचारी नहुँदा कार्यालयको काम ठप्प
समाज
Aug 01, 2019
उपनिर्वाचन गर्ने बिषयमा निर्वाचन आयोगद्धारा १८ राजनैतिक दलसंग छलफल
काठमाण्डौ, । साउन १६ । विभिन्न कारणले रिक्त हुन आएका स्थानीय तह, प्रदेश÷प्रतिनिधि सभा सदस्यको पदमा उपनिर्वाचन गर्ने सम्बन्धमा निर्वाचन आयोगले २०७६ साउन १६ गते राजनीतिक दलका पदाधिकारीहरुसँग छलफल कार्यक्रम आयोगको सभाहलमा आयोजना ग¥यो । उक्त कार्यक्रममा सहभागीहरुलाई स्वागत गर्दै  माननीय प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले  मौजुदा कानूनमा भएको उपनिर्वाचन सम्बन्धी व्यवस्था र आयोगले हाल गर्दै गरेको तयारीका सम्बन्धमा जानकारी गराउनु भयो । माननीय निर्वाचन आयुक्त इश्वरी प्रसाद पौड्यालले छलफलमा उपस्थित सहभागीहरुलाई उपनिर्वाचन सम्बन्धी कानूनी व्यवस्था र छलफल कार्यक्रम आयोजना गर्नुको उद्देश्य बारे जानकारी गराउनु भयो । 
छलफल कार्यक्रममा राजनीतिक दलबाट प्रतिनिधित्व गर्नुहुने सबै सहभागीहरुले मन्तव्य राख्नुहुँदै उपनिर्वाचनका लागि आगामी मंसिर महिना उपयुक्त हुने, निर्वाचन आचार संहितालाई कडाइका साथ पालना गर्नुपर्ने साथै सबै रिक्त स्थानको निर्वाचन एकैचोटी गर्नुपर्ने जस्ता महत्वपूर्ण सुझाव प्रदान गर्नुभएको थियो । त्यसैगरी निर्वाचनमा भ्भिअतचयलष्अ ख्यतष्लन ःबअजष्लभ ९भ्ख्ः० को प्रयोग तथा विदेशमा बस्ने नेपाली नागरिकको मताधिकारका सम्बन्धमा विभिन्न सुझाव प्राप्त भएका थिए । निर्वाचन व्यवस्थापनलाई थप प्रभावकारी बनाउने सम्बन्धमा समेत राजनीतिक दलका प्रतिनिधिहरुबाट महत्वपूर्ण सुझावहरु  प्राप्त भएका थिए । 
प्रतिनिधि÷प्रदेश सभा र स्थानीय तहमा प्रतिनिधित्व गर्ने १८ वटा राजनीतिक दलहरुलाई आमन्त्रण गरिएको  उक्त छलफल कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा.), नेपाली काँग्रेस, राष्ट्रिय जनता पार्टी (रा.ज.पा), संघीय समाजबादी फोरम, राष्ट्रिय प्रजातन्त्र पार्टी (रा.प्र.पा.), राष्ट्रिय प्रजातन्त्र पार्टी संयुत्त,  राष्ट्रिय जनमोर्चा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, विवेकशील शाझा पार्टी, नेपाली जनता दल, नेपाल,समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, नयाँ शक्ति पार्टी, नेपाली जनता दल, ने.क.पा. माले लगायत दलहरुको सहभागिता थियो । छलफल कार्यक्रममा आयोगका माननीय निर्वाचन आयुक्त नरेन्द्र दाहाल, आयोगका सचिव तथा अन्य कर्मचारीको उपस्थिति रहेको थियो 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video