प्रमुख समाचार
Aug 02, 2019
नक्खु कारागारमा कैदी बन्दी बिच भिडन्त, एकको मृत्यु
काठमाण्डौं । साउन १७ । ललितपुरको नक्खु कारागारमा कैदी बन्दी बिच भिडन्त भएको छ । भिडन्तमा परी एक जना कैदी बन्दीको मृत्यु भएको खवर प्राप्त भएको छ । मृत्यु हुनेमा ४५ बर्षिय पुर्ण बहादुर राजी रहेका छन्् । कारागार प्रशासनका अनुसार राजीलाई केहीवेरअघि कर्तव्य ज्यान मुद्दाकै पवनकुमार महतोले भुइँमा विच्छ्याइएको ब्लक प्रहार गरेका थिए । लगत्तै, राजीलाई वीर हस्पिटल भर्ना गरिएको थियो भने महतोलाई ललितपुर प्रहरी परिसर, जावलाखेलले नियन्त्रणमा लिएको छ । विवादको कारणबारे अनुसन्धान भइरहेको ललितपुर प्रहरीका डीएसपी नारायण चिमरियाले बताए ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video