प्रमुख समाचार
Aug 03, 2019
पहिरोमा परी दुई जना बेपत्ता
जिरी, साउन १८  दोलखा गौरीशङ्कर गाउँपालिका–१ मा गएराति गएको पहिरोमा परी दुई जना बेपत्ता भएका छन् । पहिरोमा परी गौरीशङ्कर गाउँपालिका–२ निवासी अन्दाजी १८ वर्षीय निशान खड्का र ५५ वर्षीय जगतबहादुर खत्री बेपत्ता भएका छन् । हिजो काठमाडौँबाट दोलखाको जुगँको लागि छुटेका यात्रुबाहक बस जुँगुखोलामा फसेपछि सोही बसमा रहेका आफन्तको उद्धारका लागि आएका खड्कालाई पहिरोले पुरेको वडाध्यक्ष बसन्त कार्कीले जानकारी दिनुभयो । बसमा सवार करीब २० यात्रुको भने सकुशल उद्धार गरिएको छ । उहाँका अनुसार सोही पहिरोमा परी खत्री पनि बेपत्ता हुनुभएको छ । उनीहरुको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रेशम बोहोराले जानकारी दिनुभयो । रातिदेखि झरेको पहिरोका कारण जुँगुको काँसीघारे, झगरे पात्ले र अप्लेपुलगायतका स्थानका सयभन्दा बढी घर उच्च जोखिममा रहेको बताइएको छ । पहिरोमा परी अन्य केही स्थानीयवासी पनि सामान्य घाइते भएका छन् । अहिले इलाका प्रहरी कार्यालय मैनापोखरी र जिरीबाट प्रहरी घटनास्थलतर्फ गएको जनाइएको छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video