प्रमुख समाचार
Aug 04, 2019
पहिरो खसेपछि सडक अवरुद्ध
बेझाड, साउन १९ पहिरोले रामपुर आर्यभञ्ज्याङ सडकखण्डअन्तर्गत बेलडाँडा बहखोला सडक अवरुद्ध बनेको छ । बहखोला बेलडाँडा सडकखण्डको गिजिनडाँडामा माथिबाट पहिरोसहित रुख खसेपछि सडक अवरुद्ध बनेको हो । शनिबार राति करीब ९ बजेको समयमा एक्कासी पहिरो खसेपछि अवरुद्ध बनेको सडक अझै सञ्चालनमा आउन सकेको छैन । आज बिहान ७ बजेदेखि सडक खुलाउन डोजर प्रयोग गरिरहेको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक भूपालसिं रानाले जानकारी दिनुभयो । सडक अवरुद्ध भएपछि बुटवल, तानसेनबाट रामपुर आउँदै गरेका र रामपुरबाट तानसेन, बुटवल, मित्याल, सिलुवालगायतका स्थानमा जाने सवारी साधन बीचबाटोमै अलपत्र परेका छन् । वैकल्पिक रुपमा तानसेन बुटवल आवतजावत गर्न साना सवारी साधनका लागि वरभञ्ज्याङ रातमाटा मोटरबाटो चालू रहे पनि ठूला सवारी साधन भने यही बाटो भएर गुड्ने हुँदा गन्तव्यमा निस्केका यात्रु समस्यामा परेका छन् । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video