प्रमुख समाचार
Aug 04, 2019
चन्द समूहका नेता पक्राउ
गलकोट, साउन १९ नेत्रविक्रम चन्द नेतृत्व समूहका जिल्लास्तरीय नेता हरिबहादुर कुवँरलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको पश्चिम क्षेत्र ढोरपाटन नगरपालिकाको बुर्तिबाङ बजारबाट पक्राउ गरिएका ४० वर्षीय कुवँरलाई आज जिल्ला प्रहरी कार्यालय बागलुङ ल्याइएको हो । बुर्तिबाङ बजारमा औषधि व्यवसाय गर्दै आएका जिल्ला सदस्य कुँवरलाई इलाका प्रहरी कार्यालय बुर्तिबाङले शनिबार निवासबाटै पक्राउ गरेको थियो । आज मात्र जिल्ला सदरमुकाम ल्याएर जिल्ला अदालतबाट थप अनुसन्धानका लागि तीन दिनको म्यादसमेत थप गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका निमित्त प्रहरीप्रमुख प्रहरी नायब उपरीक्षक झवीन्द्रप्रसाद भट्टराईले बताउनुभयो । गत साउन १६ गते राति सरकारद्वारा प्रतिबन्धित चन्द समूहले बागलुङको निसीखोला गाउँपालिका–७ राजकुतमा रहेको एनसेलको टावरमा आगजनी आशङ्कामा पक्राउ गरेको प्रहरीले जनाएको छ । आवश्यक अनुसन्धानका लागि कुँवरको मोबाइल फोन काठमाडौँमा पठाइएको छ भने कुँवरलाई राज्य कसुर विरुद्धको मुद्दा दर्ता गरिने प्रहरीले जनाएको छ । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video