प्रमुख समाचार
Aug 05, 2019
एकैपटक ३२ विधेयक प्रदेशसभामा
धनुषा,  साउन् २० प्रदेश नं २ सरकारले एकैचोटि ३२ विधेयक प्रदेशसभामा लाने भएको छ । ३२ वटा विधेयकमध्ये १० वटा विधेयक प्रदेश मन्त्रिपरिषद्को विधायन समितिमा रहेको र २२ वटा विधेयकको सैद्धान्तिक सहमति आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट सम्बन्धित मन्त्रालयले लिएको आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले बताउनुभयो । अहिलेसम्म २० वटा कानून प्रदेसभाबाट पास भइसकेका छन् । यसअघि प्रदेश २ मा दर्ता भएर २१ वटा विधेयक थन्किएको छ । विगत लामो समयदेखि यस प्रदेशको प्रदेशसभा बैठक बस्न नसक्दा प्रदेशको कानून निर्माण प्रक्रियासमेत सुस्त भएको छ । सभामुख सरोजकुमार यादवले सरकार बाढीपीडितको उद्धार तथा राहतमा लागेकाले बैठक बस्न ढिलाइ भएको बताउनुभयो । उहाँले बाढीपहिरोको प्रभाव सबैभन्दा बढी प्रदेश नं २ मा परेको बताउँदै यस्तो अवस्थामा पहिले जनतालाई उद्धार र राहत वितरण गर्नु सरकारको दायित्व रहेको बताउँदै आगामी सोमबारदेखि बैठक बस्ने जानकारी दिनुभयो । प्रदेशसभामा अहिले गाउँसभा र नगरसभाको कानून निर्माण प्रक्रियाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रादेशिक दूग्ध विकास बोर्ड, मदरसा शिक्षा बोर्ड गठनसम्बन्धी विधेयक, दलित सशक्तीकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रादेशिक विद्युत्सम्बन्धी विधेयक, प्रदेश लोकसेवा आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रादेशिक सडकसम्बन्धी विधेयक, प्रादेशिक बालबालिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक लगायतका दर्ता भए पनि थन्किएका छन् । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video