प्रमुख समाचार
Aug 05, 2019
चिनियाँ लगानीको ह्वासीङ सिमेन्टको धादिङमा मनपरी,आफनै कारणले ह्वासीङ सिमेन्टको लगानी जोखिममा
काठमाण्डौं । साउन २० । १४ अर्ब ४० करोड बढीको लगानीमा धादिङको बेनिघाट रोराङ गाँउपालीका २ ताल्तीमा निर्माण भइरहेको ह्वासीङ सिमेन्ट बिबादमा तानीएको छ ।
सिमेन्ट कम्पनीलाई आफनो अनुकुलमा प्रयोग गर्न लागि परेका राजनैतिक र स्वार्थी समुह हावी भएका कारण कम्पनी दिन प्रतिदिन बदनाम भइरहेको छ । ह्वासीङ सिमेन्ट एक हजार मानिसलाई प्रत्यक्ष रोजगारी दिने र दैनिक तीन हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने लक्ष्य सहित स्थापना हुन लागेको हो । उद्योग स्थापनाका क्रममा स्थानीय जनतालाई परेको मर्काको बिषयहरुलाई भन्दा पनि स्वार्थी समुहको एजेण्डामा कम्पनीका गतिविधिहरु हुन थालेपछि स्थानीयबासी भने रुष्ट बनेका छन् । 
 
 
ह्वासीङको मनपरी, खोलाको बगरमा महल र सडक कस्ले दियो अधिकार ? 
कानुनी बिपरीत बगरमानै भबन र सडक निर्माण 
कानुन बिपरीत ह्वासीङले खोलाको धार परिवर्तन गराएर १५ मिटरको सडक निर्माण गदै 
बेनिघाट रोराङ गाँउपालीका २ ताल्तीमा ह्वासीङ सिमेन्ट कम्पनीले नेपालको बिद्धमान कानुनको ठाडो उल्लंघन गदै मलेखु खोला हिडने बगरमानै धमाधम फ्याक्ट्री निर्माण गरिरहेको छ । खोला हिडने बगरमानै भबन निर्माण गर्दा खोलाको बहाब परिवर्तन हुंदा कम्पनीलाई मात्र नभई पृथ्वीराजमार्ग स्थीत मलेखु पुल र मलेखुबासीहरुलाई त्यसको प्रत्यक्ष असर परेको छ । बेनिघाट रोराङ तर्फपटी भबन र बाटो बनेकाले त्यस भागमा असर नगरेपनि मलेखुतर्फ खोलाको धार परिवर्तन गरीएकाले त्यसको बढी असर मलेखुबासीहरुलाई पर्ने देखिएको छ । 
असार २९ गते मलेखु खोलामा आएको बाढीले बगाएको स्काभेटर र गाडी 
एउटा रोचक कुरा के छ भने धादिङ हुंदै उत्तर चिन र दक्षिण भारत जोडने चेपाङ राजमार्ग निर्माणाधिन अवस्थामा रहेको छ । एडीविको दुई अर्ब बढीको लगानीमा चेपाङराजमार्गको निर्माण र स्तरोन्नती गर्ने सहमती समेत भइसकेको अवस्था छ । हाल ह्वासीङ सिमेन्ट कम्पनी सम्म चेपाङ राजमार्गबाटनै सवारी आवागमन गर्न सक्ने अवस्था छ । तर कम्पनीले आफनो खर्च कम हुने बहानामा बेनीघाट रोराङतर्फको बगरलाई उचालेर कम्पनीसम्म पुग्न १५ मिटरको सडक बनाइरहेको छ । जस्का कारण खोलामा बाढी आँउदा मलेखु तर्फका खेत र पृथ्वी राजमार्गको पुल समेत बगाउने स्थीति छ ।  मलेखु खोलाको धार परिवर्तन हुंदा २०४१ साल र २०५० सालमा दुई पटक मलेखुको पुल बगाएको थियो भने लामो समय सम्म पृथ्वी राजमार्ग अवरुद्ध भएको थियो । दैनिक हजारौ गाडी गुडने सडकलाई असर पर्ने गरी कुनै कम्पनीलाई खोलाको बगरमानै बाटो बनाउन दिनु कतिको उपयुक्त हो त्यो सोचनीय बिषय रहेको छ । कम्पनीलाई मात्र हेरे खोलाको धार परिवर्तन गरेर सडक बनाँउदा ४० प्रतिशत किसानका खेतमा डुवान स्थीति रहेको छ । 
 
निर्माणकै क्रममा ह्वासीङलाई एक अर्व बढीको क्षती !

Image result for Huaxin-Cement-Dhading
खोलाको बगरमा बन्दै गरेको ह्वासीङ सिमेन्टको भबनमा असार २९ गतेको बाढीले गरेको डुवान । 
खोलाको बगरमा ह्वासीङ सिमेन्टको भवन निर्माण र बगरमानै बाटो बनाएपछि त्यसको पहिलो असर कम्पनीलाई परेको छ । असार २९ गते राती मलेखु खोलामा आएको बाढीले कम्पनीको निर्माणाधिन भबन र सामानहरुमा क्षती पु¥याएको छ । कम्पनी श्रोतका अनुसार बाढी र डुवानले एक अर्व बढीको क्षती गरेको छ । खोलाको बाढीले कम्पनीको भबन, सामानहरु र स्काभेटरलाई समेत बगाएको छ जस्को तस्वीर तल देख्न सक्नुहुने छ । मलेखुबासीले पहिले देखिनै खोलाको बगर अतिक्रमण हुंदा खोलाले गर्न सक्ने सम्भावीत क्षतीको बिषयमा आवाज उठाँउदै आइरहेका थिए । तर कम्पनीले सो बिषयलाई सम्बोधन नगरी एकतर्फी रुपमा निर्माण कार्य गदै आइरहेको छ जस्का कारण स्थानीयवासीहरु कम्पनी प्रति आक्रोसीत रहेका छन् । 
बिबादको चुरो कुरा चाँही यस्तो हो 
खोलाको बगरमा बन्दै गरेको ह्वासीङ सिमेन्टको भबनमा असार २९ गतेको बाढीले गरेको डुवान । 

सिमेन्ट कम्पनी निर्माणसंगै हजारौंलाई रोजगारी दिन सकिने र अन्य धेरै फाइदा लिन सक्ने देखेपछि धादिङबाट निर्वाचीत संघिय संसद भुमि त्रिपाठी र स्वार्थी समुह बिभिन्न हिसाबले ह्वासीसंग नजिक रहेका छन् । कम्पनीलाई खुसी बनाउने नाममा बिभिन्न गैरकानुनी कामहरुमा साथ दिने देखि स्थानीयबासीहरुको मागलाई समेत राजनीतिकरण गर्न उनिहरु लागि परेको धेरैको अनुमान रहेको छ । 
कम्पनीको गैरकानुनी काम र स्थानीय सरकारको मौनतासंगै जनताका मागहरु सम्बोधन नभएपछि सोहि क्षेत्रबाट प्रतिनिधित्व गरेका प्रदेससभा सदस्य तथा पुर्वमन्त्री राजेन्द्रप्रसाद पाण्डे सम्म यो बिषय पुगेपछि घटनाले अर्को रुप लिएको बताइन्छ । धादिङबाट ६ पटक निर्वाचीत भइसकेको संसद पाण्डेले आफनो क्षेत्रका जनतामाथी भएको उक्त अन्यायको बिरुद्धमा कम्पनीलाई पटक पटक अनुरोध गर्दा समेत बेवास्ता गरेपछि संसद पाण्डे आक्रोशीत बनेका थिए । स्थानीयबासीको मागसंग पाण्डे अगाडी बढेपछि भुमि त्रिपाठी सहितको समुहले घटनालाई राजनीतिक रंग दिएर बेनिघाट रोराङ गाँउपालीकाका स्थानीयलाई उत्तेजीत पार्ने काम समेत गरेको थिए । एक सार्वजनीक कार्यक्रममा बोल्ने क्रममा प्रदेशसभा सदस्य राजेन्द्रप्रसाद पाण्डेले कम्पनी एकतर्फी रुपमा अगाडी बढदै घटनालाई उत्तेजीत गराईएमा भिड अनियन्त्रीत हुन सक्ने र भिडले जे सुकै गरेपनि त्यसको जिम्मेवार स्वयम कम्पनी हुने अभिव्यक्ति दिएका थिए । प्रदेश सभा सदस्य पाण्डेको उक्त भनाईलाई तोडमोड गरेर भुमि त्रिपाठी समुहले पाण्डे कम्पनीनै बन्द गराउन लागि परेको भन्दै मिडियाबाजी थालेको बताइन्छ । एकजना जनप्रतिनिधि भएको नाताले स्थानीयबासीको बिषयमा संसद पाण्डेले त्यती बोल्ने सामान्य कुरा हो गजुरी गाँउपालीका २ का वडा अध्यक्ष चुडामणी कंडेल भन्छन् तर त्यसलाई राजनीतिकरण गराएर सिमेन्ट कम्पनीमा प्रभाब राख्न खोज्ने समुहले सभासद पाण्डेको बिरोधसंगै गजुरीबासीका मागलाई ओझेलमा हाल्ने काम गरेका छन् त्यो दुखद बिषय हो । 
६ पटक धादिङबाट निर्वाचीत भएका संसद पाण्डेको भुमिकालाई कम गराउन संसद भुमि सहितको समुह हात धोएर लागि परेका छन् । पाण्डेले गर्ने हरेक कामहरुमा कमि कम्जोरीलाई मात्र खोज्ने र तोडमोड गर्न भुमि त्रिपाठी सहितको समुहले ठुलै लगानी गरेको धादिङको नेकपा बृत्तमा निकै चर्चा हुंदै आइरहेको छ ।    
स्थानीयबासीका अनुसार सुरुवातका दिनदेखीनै भुमिकै नेतृत्वमा सिमेन्ट उद्योगलाई गैरकानुनी काम गर्न उक्साँउदै राजनीतिक आडभरोसा दिने काम भनाई रहेको छ । नेपालको विद्यमान कानुन अनुसार कुनैपनि सार्वजनीक जग्गा लिजमा दिन, भाडामा दिने अधिकार संघिय सरकारलाई मात्र छ । भुमि त्रिपाठी लगायत समुहको दवाव र कम्पनीको प्रभावमा बेनिघाट रोराङ गाँउपालीकाले आफनो अधिकार क्षेत्र मिच्दै ३ सय रोपनी भन्दा बढी जग्गा सिमेन्ट कम्पनीलाई दिने निर्णय गरेको थियो । जग्गा दिने क्रममा गाँउपालीकाले क्षेत्राधीकार मिचेर निर्णय गरेको भन्दै साउन ५ गते नेकपा संसद लेखराज भट्टको संयोजकत्वमा गठीत उपसमितिले सिफारीस गरेको छ ।
 
गैरकानुनी सम्झौता र काम रोक्न संसदीय उपसमितिको निर्देशन 
नेकपा सांसद लेखराज भट्टको संयोजकत्वमा गठित उपसमितिले साउन ५ गते सार्वजनिक लेखा समितिलाई बुझाएको प्रतिवेदनमा उक्त उद्योगका लागि धादिङमा ५० वर्षका लागि लिएको जग्गा भाडा सम्झौता रद्द गर्न र त्यसमा संलग्न अधिकारीलाई कारबाही गर्न सिफारिस गरेको हो । लगानी बोर्ड ऐन २०६८ को दफा १० को उपदफा ९ तथा लगानी बोर्ड नियमावलीको नियम १९ को उपनियम ४ बमोजिम सिमेन्ट उद्योगमा लगानी गर्न अनुमति प्राप्त गर्दा र उद्योग विभागबाट उद्योग दर्ता प्रमाणपत्र प्राप्त गर्दा राखिएका सर्तहरु पालना नगरेको पाइएकाले रद्द गर्न सिफारिस गरेको उपसमितिले उल्लेख गरेको छ ।
कम्पनीले प्रारम्भिक वातावरणीय परीक्षणसमेत नगरेको उपसमितिको ठहर छ । उपसमितिले उक्त उद्योगको विषयमा लेखा समितिमा १५ बुँदे सिफारिस गरेको छ । आइतबार समितिको बैठकमा उक्त सिफारिसकै विषयमा छलफल भएको छ । केही दिनअघि आएको वर्षापछिको बाढीले ह्वासिङ सिमेन्ट उद्योगले भाडामा लिएको जग्गा डुवानमा परेको थियो । उपसमितिका संयोजक लेखराज भट्टले कम्पनीले पूर्वाधार निर्माणका लागि बनाउन लागेको सडकसमेत नियमसम्मत नरहेको बताए । त्यसमा संलग्न लगानीकर्ता, ठेकेदार कम्पनीलाई पनि कानुन बमोजिम कारबाही गर्न उपसमितिले समिति समक्ष सिफारिस गरेको छ । भट्ट नेतृत्वको उपसमितिले स्थलगत अध्ययन गरी तयार पारेको प्रतिवेदनमा उद्योग दर्ता प्रमाण पत्रका सर्तसमेत ह्वासिनले पालना नगरेको पाइएको उल्लेख छ । उद्योग दर्ताको पूर्ण पालनाका लागि सचेत गराउनसमेत सरकारलाई निर्देशन दिन उपसमितिले सिफारिस गरेको छ । सिमेन्ट उद्योगका लागि विद्युत लाइन विस्तर गर्दा गजुरी गाउँपालिकाको बासिन्दाको घरखेत हुँदै लैजानुपर्ने हुन्छ । त्यस गजुरी गाउँपालिकाका बासिन्दालाई पनि क्षतिपुर्ति दिनुपर्ने उपसमितिले बताएको छ । सिमेन्ट कारखानाबाट निस्कने रसायनयुक्त पदार्थहरुबाट मलेखु खोला प्रदुषित हुन नदिन र जलचरको संरक्षण गर्न विशेष सावधानी अपनाई वातावरण संरक्षण गर्न कार्यक्रम सञ्चालन गर्नरगराउन सरकारलाई निर्देशन दिन पनि सिफारिस गरेको छ ।

के चाहन्छन संसद राजेन्द्र पाण्डे ? 
Image result for rajendra prasad pandey
प्रदेश सभा सदस्य तथा पुर्वमन्त्री राजेन्द्र प्रसाद पाण्डे सोहि ठाँउमा कम्पनी रहनुपर्ने पक्षमा छन् । नेपालको विद्यमान सवै कानुन पालना गरेर ह्वासीङ सिमेन्ट बस्नुपर्दछ भन्ने पक्षमा म रहेको छु पाण्डे भन्छन त्यसका निम्ती जनतालाई बाधा नगर्ने गरी,खोलालाई आफनो गतिमा हिडन दिने गरी सुरक्षित ठाँउमा कम्पनी बनाउनुपर्दछ । 
पाण्डे भन्छन् “बिदेशी हुंदैमा नेपालको कानुनै नमानिकन मनलाग्दी गर्न मिल्छ ? ह्वासीङ सिमेन्ट हाम्रो माँयाले आएको होइन् कमाउन आएको हो । कमाएर जाओस त्यो पनि केहि छैन् । म धादिङको जनप्रतिनिधि हुं बेनिघाट रोराङ गाँउपालीका, मलेखु र गजुरी मेरै क्षेत्र हो म उनिहरुको प्रतिनिधि हुं कसैलाई काखा र पाखा गरेको म हेरेर बस्न सक्दीन अनि बिदेशी कम्पनी हो भन्दैमा जनतालाई दुख दिने गरी बिद्यमान ऐनकानुनको बर्खीलापमा जे पनि गरेको म टुलुटुलु हेरेर बस्न सक्दिन ।  


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video