प्रवासी खबर
Aug 05, 2019
जे बि आर मेनपावरबाट ३ महिना अघी साउदी आएका ३१ युवाहरु नेपाली राजदुताबासमा शरणमा
अभिषेक खरेल  साउदी अरेवीया । बैदेशिक रोजगारिको सिलसिलामा साउदीअरब आएका युवाहरु ठगीमा परेको त हामीले सुन्दै आएका छौ। तरपनी यस सम्बन्धी नितिनियमको कमजोरीको कारण यस्ता घटनाहरु दिनानुदिन भैइरहनुमा कतै सरोकारवालाहरुको लापर्वाही ले त होइन बिचार गरियोस। यस्तै घटनाको सिकार भएका छन जे बि आर मेनपावर बाट ३ महिना अघी सुनौलो सपना बोकेर साउदीको मरुभुमिमा उक्त सपना साकार पार्न आएका ३१ युवाहरु अहिले साउदी अरब स्थित नेपाली राजदुताबासमा शरण लिन पुगेकाछन। 

ति पीडितहरुको सहयोगको लागि दुताबासले पहल गरिरहेको नेपाली जन संपर्क समिती साउदी अरबका बर्तमान सभापति श्री दिपक रेग्मी र महासचिब श्री सुरेशराज त्रिपाठी ज्युले जानकारी दिनु भयो,ती मध्ये कतिपय युवाहरु महिमालगयत अन्य ४ मेनपावार बाट आएको जानकारी प्राप्तभएको छ। ३ महिना देखी कम्पनीको टुङो नलागेपछी पीडितहरु राजादुतबासको शरणमा पुगेकाछन। १ लाख २० हजार देखी १ लाख ४० हजार रकम लिएर यसरी ठगीगर्ने मेनपवार कम्पनीहरुलाई कडाभन्दा कडा कारबाही र क्षतिपुर्तिको ब्यबस्था सहित पीडित युवाहरुको सकुसल उद्दार गरियोस,यसै गरी साउदी अरबका लागि नेपाली राजदुत प्रा डा महेन्द्र सिंह राज्पुत ज्यु ले दोशीको छानबिन गरी यस्ता निन्दनियकार्य रोक्नकोलागी आफुले हरसम्भव प्रयास गर्ने र पीडितहरुलाई सकुसल फिर्ता पठाउनेबारे जानकारी दिनुभयो। बैदेसिक रोजगारिको लागि कुनैपनी देसजानु परेमा सम्बन्धित काम, कम्पनी को बारेमा सम्पूर्ण जानकारी लिना पनि आग्रह गर्नुभयो।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video