राजनीति
Aug 06, 2019
सरकारको राम्रो कामको समर्थन गर्छाैँ ः सभापति देउवा
काठमाडौँ,  साउन २१ नेपाली काङ्गे्रसका सभापति शेरबहादुर देउवाले सरकारले गरेका राम्रा कामको समर्थन गर्ने बताउनुभएको छ । सभापति देउवाले भन्नुभयो, “सरकारले गर्ने राम्रो कामको काङ्ग्रेसले समर्थन गर्छ तर मुलुकलाई अहित हुने खालका काममा समर्थन गर्न सकिदैन, यो प्रतिपक्षको धर्म नै हो ।’’ नेपाली काङ्ग्रेस जिल्ला सभापति स्व कमलप्रसाद पङ्गेनीको प्रथम स्मृति सभामा हिजो यहाँ आयोजित कार्यक्रममा सभापति देउवाले सरकारका कतिपय गतिविधि संविधान विपरीत भइरहेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “मुलुक र जनताको हित विपरीत सरकारका कतिपय गतिविधि देखिएका छन् । जनतालाई सचेत गराउँदै राष्ट्र हित विपरीत भएका गतिविधि रोक्न प्रतिपक्षी दल लागिपरेको छ ।” फरक प्रसङ्गमा सभापति देउवाले काङ्गे्रस एकढिक्का हुनुको विकल्प नभएको बताउँदै आगामी दिनमा काङ्ग्रेस एकभएर भएर अगाडि बढ्नेछ भन्नुभयो । स्व पङ्गेनी एक कर्मठ नेता भएको र उहाँलाई गुमाउनु पर्दा पार्टीलाई धेरै ठूलो क्षति भएको सभापति देउवाले बताउनुभयो । सो अवसरमा काङ्गे्रस केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ र गगन थापाले सरकार जनताको दुई तिहाइ मतको अवमूल्यन गरेको, जनतालाई राहत पुग्ने काम गर्न नसकेको आरोप लगाउनुभयो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video