प्रमुख समाचार
Aug 06, 2019
सहकारी ठगी मुद्दाका प्रतिवादी जेल चलान
काठमाडौँ, साउन  २१ ।  सहकारी ठगी मुद्दामा दोषी ठहर भई फरार रहेकी एक महिला आज जेल चलान भएकी छिन् । ठगी मुद्दामा उच्च अदालत पाटनको २०७३ साल चैत ७ गतेको फैसलाबाट एक महीना कैद र रु १८ लाख ३१ हजार जरिवाना ठहर भएकी काठमाडौँ महानगरपालिका–२६ की प्रतिमा सिटौलालाई जेल चलान गरिएको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जको टोलीले सोमबार नुवाकोटको विदुरबाट सिटौलालाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि आज जिल्ला अदालत काठमाडौँमा पेश गरेकामा आजै अदालतले कारागार चलान गरेको हो । काठमाडौँको टोखा नगरपालिका–९ स्थित ‘नाङ्लो दीप सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेड’ सञ्चालक सदस्य सिटौलासमेतका पदाधिकारीले आर्थिक वर्ष २०७०÷७१ मा २०२ निक्षेपकर्तालाई प्रलोभनमा पारी रु एक करोड ८३ लाख १८ हजार आफूखुशी खाईमासी ठगी गरेको मुद्दामा सिटौला दोषी ठहर भएकी हुन् । ब्यूरोका प्रवक्ता दीपक रेग्मीले अदालतको आदेशअनुसार सिटौलालाई आजै केन्द्रीय कारागार सुन्धारा पठाइएको जानकारी दिनुभयो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video