प्रमुख समाचार
Aug 07, 2019
विप्लव समूहका जिल्ला नेता पक्राउ
परासी,  साउन २२ सङ्गठित अपराध मुद्दामा फरार रहेका नेत्रविक्रम चन्द (विप्लव) समूहका एक जिल्ला नेता पक्राउ परेका छन् । पक्राउ पर्नेमा विप्लव समूहका नवलपरासी जिल्ला सदस्य तथा सरावल गाउँपालिका इन्चार्ज लोकमान भन्ने चैत्रराम मुसहर रहेका छन् । प्रहरीले उनलाई हिजो सार्वजनिक गरेको हो । इलाका प्रहरी कार्यालय बर्दघाट र इलाका प्रहरी कार्यालय सेमरीको संयुक्त टोलीले मुसहरलाई उनकै घर बर्दघाट–१२ सपैयाबाट पक्राउ गरेको हो । उनी आगो लगाई सङ्गठित अपराध मुद्दामा फरार अभियुक्त रहेको प्रहरीले जनाएको छ । गत २०७५ फागुन ३० गते विप्लव समूहले आह्वान गरेको बन्दको पूर्वसन्ध्यामा सरावल–१ बासामा रोकिराखेको ना५ख ७७४१ र ना४ख ६८२५ नंको ट्रकमा आगो लगाएको घटनामा उनी संलग्न रही फरार रहेका थिए । यसैगरी यही साउन १६ गते बर्दघाट–१३ स्थित एनसेल टावर क्षति पु¥याउने घटनामा पनि उनको संलग्नता देखिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । पक्राउ परेका मुसहरविरुद्ध आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा एकको मृत्यु पश्चिम नवलपरासीको सुनवलमा भएको तीव्रगतिको मोटरसाइकल दुर्घटनामा एकको मृत्यु भएको छ । सुनवल–१२ हरकट्टाबाट परासी आउने क्रममा सुनवल र रामग्राम नगरपालिकाको सीमामा रहेको पुलमा मोटरसाइकल दुर्घटनामा परेको हो । दुर्घटनामा परी रामग्राम–१० का ३३ वर्षीय अमरदीप चौधरीको घटनास्थलमै मृत्यु भएको छ । लु४०प ३५९८ नंको मोटरसाइकल तीव्रगतिका कारण पुलमा अनियन्त्रित भई पल्टिएको इलाका प्रहरी कार्यालय सुनवलका प्रहरी निरीक्षक बलराम गिरीले जानकारी दिनुभयो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video