प्रमुख समाचार
Aug 07, 2019
‘मौलिक अधिकार कार्यान्वयन गर्न तीनै तहका सरकारको जिम्मेवारी’
काठमाडौँ, साउन २२ प्रतिनिधिसभाको आजको बैठकले ‘खानेपानी तथा सरसफाइ विधेयक, २०७५ माथि विचार गरियोस्’ प्रस्ताव सर्वसम्मतले स्वीकृत गरेको छ । यसअघि खानेपानीमन्त्री बीना मगरले सो प्रस्ताव बैठकमा प्रस्तुत गर्नुभएको थियो । उक्त प्रस्तावका सम्बन्धमा सांसदले उठाउनुभएका जिज्ञासाको जवाफ दिँदै मन्त्री मगरले जनताका मौलिक अधिकार कार्यान्वयन गर्न तीनै तहका सरकारको जिम्मेवारी भएको बताउनुभयो । उहाँले सङ्घीय सरकार आफ्नो अधिकारअन्तर्गत रहेर जिम्मेवार पूरा गर्न दृढ रहेको उल्लेख गर्दै पानीका स्रोत र मुहान संरक्षणमा सबैको सहयोग र भूमिका उत्तिकै महत्वपूर्ण हुने धारणा व्यक्त गर्नुभयो । बैठकमा ‘सेफगार्ड, एन्टी–डम्पिङ तथा काउण्टरभेलिङ विधेयक, २०७५’ र ‘औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (पहिलो संशोधन) विधेयक,२०७६’ पारित गरियोस् भन्ने प्रस्ताव उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव राख्नुभएको थियो । सो विषय सभामुख कृष्णबहादुर महराले कार्यसूचीबाट हटाइएको जानकारी दिनुभयो । प्रतिनिधिसभाको अर्को बैठक यही साउन २३ गते १ बजे बस्नेछ । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video