शिक्षा /स्वास्थ्य
Aug 09, 2019
डेङ्गुमा सजग रहन आग्रह
पोखरा, साउन २३ गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले डेङ्गुको सङ्क्रमणबाट बच्न सजग रहन आग्रह गरेको छ । निर्देशनालयद्वारा यहाँ आयोजित अन्तरक्रियामा स्वास्थ्य निर्देशक खिमबहादुर खड्काले पोखरा महानगरपालिका वडा नं ८ र ९ सहितका वडाका बिरामीमा डेङ्गुको सङ्क्रमण देखिएकोले त्यसबाट बच्न पूर्वसजगता आवश्यक भएको बताउनुभयो । डेङ्गु लामखुट्टेको टोकाइले सर्ने रोग हो । उहाँले एडिज एजिप्टाइ र एडिज आल्बोपिक्टस नामका लामखुट्टेको टोकाइबाट यो रोग सर्ने जानकारी दिनुभयो । यो रोगको कुनै विशिष्ट उपचार नभएको र खोपको विकास भई नसकेकाले समयमा नै उपचारको लागि जानुपर्ने उहाँले बताउनुभयो । निर्देशनालयका सूचना अधिकारी डा भोजराज गौतमले लामखुट्टेको टोकाइबाट बच्नु नै डेङ्गुबाट बच्ने उत्तम उपाय भएको धारणा राख्नुभयो । लामखुट्टेले दिउँसोको समयमा टोक्ने भएकाले अनावश्यकरुपमा नाङ्गो नबनी जीउ ढाक्ने लुगा लगाएर निस्कन आग्रह गर्नुभयो । लामखुट्टेले गाडीको पुरानो टायर, खुला टयाङ्की, गमलाजस्ता भाडाँमा जमेको सफा पानीमा फूल पार्ने हुँदा पानी जम्न दिन नहुने उहाँले बताउनुभयो । रोग लागेको बिरामीलाई झुल भित्र सुताएमा रोग सर्ने सम्भावना कम हुने र व्यक्तिगत बचावटका लागि लामखुट्टेनासक मलहम लगाउनुपर्ने उहाँको भनाइ थियो । पोखरा महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त पौडेलले डेङ्गु सङ्क्रमणबारे पूर्वसचेतना गराउन विभिन्न वडामा सचेतना एवं लामखुट्टेको बासस्थान खोजेर नष्ट गर्ने अभियान सञ्चालन गरिएको जानकारी दिनुसभयो ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video