प्रमुख समाचार
Aug 09, 2019
तिलोत्तमाले असोजमा लगानी सम्मेलन गर्ने
रुपन्देही, साउन २४  तिलोत्तमा नगरपालिकाले लगानी सम्मेलन गर्ने भएको छ । नगरमा स्वदेशी तथा विदेशी लगानी भित्र्याउने उद्देश्यले आगामी असोज ९ गते सम्मेलन गर्ने तयारी गरिएको हो । आज आयोजित पत्रकार सम्मेलनमा नगर प्रमुख वासुदेव घिमिरेले कृषि, उद्योग, व्यापार, पर्यटन, पूर्वाधारलगायतका क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी भित्र्याउनु सम्मेलनको मुख्य लक्ष्य रहेको बताउनुभयो । सम्मेलनमा विभिन्न क्षेत्रका डेढदर्जन परियोजना लैजाने नगरपालिकाको तयारी छ । सम्मेलनले यहाँ भएका लगानीका अवसरलाई नजिकबाट जान्ने तथा बुझ्ने अवसर दिने बताउँदै नगर प्रमुख घिमिरेले यहाँको निजी क्षेत्र र नेपाल तथा अन्य मुलुकका निजी क्षेत्रबीच नेटवर्किङ विकास गराउन पनि सम्मेलन फलदायी हुने विश्वास व्यक्त गर्नुभयो  । सम्मेलनमा आयोजकसहित सङ्घीय तथा प्रदेश सरकारकामन्त्री, सांसद, प्रमुख राजनीतिक दलका नेता, सरकारका उच्चपदस्थ प्रतिनिधि, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रतिनिधि, विकास साझेदार संस्थाका प्रतिनिधि, नेपाली निजी क्षेत्र, गैरआवासीय नेपाली र स्वदेशी तथा विदेशी लगानीकर्तासमेत गरी पाँच सयको सहभागिता रहने जनाइएको छ । “यो सम्मेलन सरकार, स्वदेशी तथा विदेशी निजी क्षेत्रबीच नेटवर्किङ स्थापित गर्ने एउटा सुनौलो अवसर हो, हामीले स्थानीय÷स्वदेशी लगानीकर्ता तथा विदेशी लगानीकर्तालाई ऋण दिने अथवा उहाँहरूसँग लगानीका लागि सहयोगी हुनसक्ने बैंक, वित्तीय संस्था, अन्तर्राष्ट्रिय वित्तीय संस्थालाई पनि सम्मेलनमा सहभागी गराउने प्रयास गरेका छौं”, उहाँले भन्नुभयो । सम्मेलनमा करीब रु ३० लाख खर्च हुने अनुमान गरिएको छ । यसमध्ये नगरपालिकाका तर्फबाट रु २० लाख विनियोजन गरिएको छ भने बाँकी रकम निजी क्षेत्रबाट जुटाउने लक्ष्य रहेको नगरपालिकाले जनाएको छ । लगानी सम्मेलनपछि यहाँ आउने लगानी, पूँजी र ज्ञानले नगर समृद्धिको मार्गचित्र कोर्ने भएकाले यो लगानी सम्मेलन हामी सबैको साझा प्रयास भएको प्रमुख घिमिरेले बताउनुभयो । सम्मेलनका लागि निजी क्षेत्रसँग सम्बद्ध सङ्घ–संस्थासँग सहकार्य गरिएको नगर उप–प्रमुख जागेश्वरी चौधरीले बताउनुभयो । सम्मेलनमा सहभागिताका लागि मुलुकका विभिन्न स्थानमा अन्तक्र्रियासमेत गरिनेछ । लगानी सम्मेलनमा स्वदेशी विभिन्न औद्योगिक तथा व्यापारिक घरनाका साथै भारत, चीनबाट लगानीकर्ता सहभागी हुनेछन् ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video