पहिचान भए कम गर्न सकिन्छ मानसिक समस्या  |  अझै बनाएनन् स्थानीय तहले सुशासन प्रवद्र्धन ऐन  |  सातौं एन्जल्स हर्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता आज बाट सुरु हुदै  |  सशस्त्र प्रहरीको ५८ इन्सपेक्टर पदको प्रारम्भीक स्वास्थ्य परिक्षामा ५७२ उत्रीण, को को भए पास ? ( नामावलीसहित)  |  प्रधामन्त्री ओली र सभापति देउवाबीच छलफल  |  विकासले सम्पदा विनाश ग¥यो : पूर्वराष्ट्रपति यादव  |  राप्रपा नेपालका केन्द्रीय सदस्य नेपाली काँग्रेसमा प्रवेश  |  आज मिति २०७६ माघ १२ गते आइतबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल  |  नुवाकोटको विदुर नगरपालिकाका पूर्व मेयर कमानसिंह भन्छन “ नखाएको विष लाग्यो, भलो गर्दा बदनाम गर्न खोजियो”  |  सस्कृति जोगाउन समुदाय चनाखो बन्नुपर्छ : प्रमुख आयुक्त गुरुङ
शिक्षा /स्वास्थ्य
Aug 10, 2019
प्रदेश ३ मा ‘स्कूल बस’ सञ्चालन हुने
हेटौँडा, साउन २५  घण्टौँ हिँडेर विद्यालय जानुपर्ने सामुदायिक विद्यालयका विद्यार्थीलाई लक्ष्य गरी प्रदेश नं ३ सरकारले ‘स्कूल बस’ सञ्चालन गर्ने भएको छ । सामुदायिक विद्यालयमा स्कूल बस सञ्चालन गर्न प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले चालू आर्थिक वर्षमा रु दुई करोड ५० लाख विनियोजन गरेको सामाजिक विकासमन्त्री युवराज दुलालले जानकारी दिनुभयो । सामाजिक विकास मन्त्रालयले प्रदेशका १० सामुदायिक विद्यालयका लागि बस उपलब्ध गराउने र आवश्यकतानुसार क्रमशः त्यसको सङ्ख्या वृद्धि गर्दै जाने उहाँको भनाइ छ । सामुदायिक विद्यालयका टाढा टाढाबाट विद्यालय आउनुपर्ने विद्यार्थीले थकानका कारण पढाइमा ध्यान दिन नपाउने, गृहकार्य गर्न नपाउने, धेरै समय खेर फाल्नुपर्नेलगायत कुरालाई ध्यानमा राख्दै स्कूल बस उपलब्ध गराउन लागिएको मन्त्री दुलालले बताउनुभयो । हाललाई प्राथमिकताका आधारमा दश विद्यालयलाई एक÷एक बस उपलब्ध गराउन लागिएको छ । विद्यार्थी कम र शिक्षक बढी भएका विद्यालय समायोजन गर्दा केही विद्यार्थीलाई टाढाबाट विद्यालय आउनुपर्ने बाध्यता भएका कारण त्यस्ता विद्यालयलाई प्राथमिकता दिइएको हो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video