मिति २०७६ असोज २९ गते बुधबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल  |  सांसद साह पक्राउ  |  एनआरएनए सम्मेलनमा भागलिन आएका गैरआवासीय नेपालीद्धारा त्रिभुबन बिमानस्थलमा तोडफोड, घटनामा संलग्न एक पक्राउ  |  समृद्ध नेपाल निर्माणको महाअभियानमा योगदान गर्न राष्ट्रपतिको आग्रह  |  नौ बुँदे घोषणापत्रसहित अन्तर्राष्ट्रिय दलित सम्मेलन सम्पन्न  |  भारत र चीनको सम्बन्ध सुधारले नेपालको समृद्धि यात्रा अनुकूल ः प्रधानमन्त्री  |  मनसुन बाहिरिएसँगै चिसो बढ्नेक्रम शुरु  |  कर्मचारी नहुँदा कार्यालयको काम ठप्प  |  भाडा फिर्ता गराउन प्रमुख जिल्ला अधिकारी सडकमा  |  उपचुनाव : दोहोरिएला वाम गठबन्धनको राप
मनाेरञ्जन/रोचक
Aug 11, 2019
लाखेनाच प्रदर्शन
खोटाङ, साउन २६ छिमेकी जिल्ला ओखलढुङ्गाका नेवार समुदायले खोटाङको दिक्तेलबजारमा लाखेनाच प्रदर्शन गरेका छन् । ओखलढुङ्गाको पारस्पारिक सहयोगी गुठी रामपुरबजारका नेवार समुदायले शनिबार खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजार आएर दिनभर लाखेनाच प्रदर्शन गरेका हुन् । नेवार समुदायको महान् चाड लाखेजात्राको अवसर पारेर खोटाङ आएको ओखलढुङ्गाको नेवार समुदायले परम्परागत सांस्कृतिक झाँकीसहितको लाखेनाच प्रदर्शन गरेको थियो । साउन १४ गतेबाट शुरु भएको लाखेजात्राको अवसरमा पाहुना टोलीको प्रस्तुतिले दिक्तेलबजारमा रौनकता छाएको थियो । दुई जिल्लाका नेवार समुदायको संयुक्त प्रस्तुतिले दिनभर दिक्तेलबजारका दर्शकलाई भरपुर मनोरञ्जन दिलाएको थियो । दिक्तेलबजारको हाटडाँटाबाट बिहान ११ बजेबाट शुरु भएको लाखेनाच तथा सांस्कृतिक झाँकी साँझ रत्नपार्कमा पुगेर टुङ्गिएको थियो । आफ्नो संस्कार÷संस्कृति, भाषा तथा परम्पराको संरक्षण र प्रवद्र्धन गर्न दुई जिल्लाका नेवार समुदायबीच शनिबारबाट भगिनी सम्बन्ध कायम गरिएको दिक्तेलबजार सामाजिक गुठीका सचिव नुरकाजी सैंजूले बताउनुभयो । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दीपनारायण रिजाल र ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकाका नगरप्रमुख होमन श्रेष्ठको रोहवरमा दुई संस्थाबीच आगामी दिनमा भगिनी सम्बन्ध कायम राख्ने गरी सहमतिपत्रमा हस्ताक्षर गरिएको छ । महीना दिनसम्म मनाइने लाखेजात्राको अवसरमा जिल्लामा विविध कार्यक्रमको आयोजना गरिएको आयोजक दिक्तेलबजार सामाजिक गुठीका अध्यक्ष राजन सैंजूले बताउनुभयो । “गठेमङ्गलको दिनबाट विधिवतरूपमा शुरु भएको लाखेजात्रा कृष्णजन्माष्टमीको भोलिपल्ट औपचारिकरूपमा समापन गरिन्छ”, उहाँले भन्नुभयो, “यसबीचमा वर्ष दिनभरि दिवङ्गत भएका आफन्तलाई श्रद्धाञ्जलि, रोपाइँजात्रा, हिलेजात्रा तथा विभिन्न सांस्कृतिक प्रस्तुतिहरु प्रदर्शन गर्ने तयारी गरिएको छ ।” दिक्तेलबजारमा मनाइने लाखेजात्राको मुख्य आकर्षण मुखुण्डोधारी लाखेनाच हुन्छ । ढोल, झ्याम्टाको तालमा जातीय संस्कृति र परम्पराहरुको नक्कल गर्दै मुखुण्डोधारी लाखेनाचसहित सहभागी सबैले नाच्ने र रमाइलो गर्ने गर्छन् । लाखेजात्राले सांस्कृतिक, धार्मिक महत्वसँगै नेवार र गैरनेवार समुदायबीच आपसी भाइचारा तथा भातृत्व कायम गर्ने जनाइएको छ । लाखेजात्रामा नेवार समुदायका घरपरिवार तथा आफन्तजन जमघट हुने र दुःखसुख आदानप्रदान गर्ने गर्छन् । लाखेजात्राको अवसरमा नेवार समुदायको घरमा पूजाआजा गर्नुका साथै नेवारी परिवार खाने चलन छ । आफन्तजन, इष्टमित्र, साथीभाइलगायत भेला भएर मिष्ठान्न भोजन गर्ने तथा आपसमा रमाइलो गर्ने गर्छन् । अध्ययन, जागिर तथा विभिन्न पेशा÷व्यवसायका क्रममा घरदेखि टाढा रहेका परिवारका सदस्य पनि लाखेजात्राको अवसरमा एक ठाउँ भेला हुने गरेका छन् । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video