मिति २०७६ असोज २९ गते बुधबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल  |  सांसद साह पक्राउ  |  एनआरएनए सम्मेलनमा भागलिन आएका गैरआवासीय नेपालीद्धारा त्रिभुबन बिमानस्थलमा तोडफोड, घटनामा संलग्न एक पक्राउ  |  समृद्ध नेपाल निर्माणको महाअभियानमा योगदान गर्न राष्ट्रपतिको आग्रह  |  नौ बुँदे घोषणापत्रसहित अन्तर्राष्ट्रिय दलित सम्मेलन सम्पन्न  |  भारत र चीनको सम्बन्ध सुधारले नेपालको समृद्धि यात्रा अनुकूल ः प्रधानमन्त्री  |  मनसुन बाहिरिएसँगै चिसो बढ्नेक्रम शुरु  |  कर्मचारी नहुँदा कार्यालयको काम ठप्प  |  भाडा फिर्ता गराउन प्रमुख जिल्ला अधिकारी सडकमा  |  उपचुनाव : दोहोरिएला वाम गठबन्धनको राप
राजनीति
Aug 12, 2019
काँग्रेसको स्थानीय तह अन्तरिम व्यवस्था निर्देशिका पारित
काठमाडौँ,  साउन २७ नेपाली काँग्रेसले स्थानीय तहको सङ्गठनको अन्तरिम संरचना तुरुन्त गठन गर्न आवश्यक भएकाले विधानबमोजिम ‘स्थानीय तह सङ्गठन पुनर्संरचनाको अन्तरिम व्यवस्था निर्देशिका, २०७६’ पारित गरेको छ । काँग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको बैठकले पार्टीको विधानको धारा ५० (५) र धारा ७१ समेतको अधिकार प्रयोग गरी सो निर्देशिका सर्वसम्मतिले पारित गरी लागू गर्ने निर्णय गरेको हो । सो निर्णयलाई पार्टीको आगामी महासमिति÷महाधिवेशनमा पेश गरी अनुमोदन गराइने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयोे । बैठकले पार्टीका तर्फबाट खोटाङ्गको दिक्तेल रुपाकोटा मझुवागढी नगरपालिका–१ को खुला वडा सदस्य पदमा निर्वाचित बैजनाथ रिजाल अन्यमा प्रवेश गरी काँग्रेस पार्टी परित्याग गरेकोले प्रचलित कानूनबमोजिम निजको वडा सदस्य पद स्वतः रिक्त हुने जानकारी निर्वाचन आयोगमा लेखी पठाउने निर्णय गरेको छ । यसैगरी बैठकले इस्लाम धर्मावलम्बीहरुको पवित्र पर्व ‘इद उल जोहा’ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण मुस्लिम समुदायमा सुख, शान्ति एवं समृद्धिको शुभकामना प्रकट गरेको छ । त्यस्तै केही दिनदेखि अस्वस्थ भई उपचारार्थ अस्पताल भर्ना हुनुभएका काँग्रेस केन्द्रीय कार्यसमितिका सदस्य एवं पूर्वमहामन्त्री प्रकाशमान सिंहको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ । बैठकले सर्लाहीबाट काठमाडौँतर्फ आउँदै गरेको रात्रिबस धादिङको बेनीघाट नजीक त्रिशूली नदीमा खस्दा धेरैको मृत्यु र त्यसमा सवार कतिपय यात्रु बेपत्ता भएका, गुल्मी र बझाङमा भएको सवारी दुर्घटनामा परी अकालमै ज्यान गुमाउनुु भएकाहरुप्रति श्रद्धाञ्जलि अर्पण गर्दै गहिरो दुःख प्रकट गरेको छ । साथै, बैठकले शोकसन्तप्त परिवार तथा आफन्तजनमा समवेदना प्रकट गरेको छ । सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको बैठकमा आज केन्द्रीय सदस्यहरु महेश आचार्य, दिलेन्द्रप्रसाद बडू, एनपी साउँद, उमाकान्त चौधरी, दीपक गिरी, महेन्द्र यादव, बद्री पाण्डे, रामकृष्ण यादव, मोहनबहादुर बस्नेत, देवेन्द्रराज कँडेल, हृदयराम थानी र शिवप्रसाद हुमागाईंले आ–आफ्नो विचार व्यक्त गर्नुभएको थियो । केन्द्रीय कार्यसमितिको अर्को बैठक यही साउन २९ गते अपराह्न १ बजे पुनः बस्ने मुख्य सचिव पौडेलले जानकारी दिनुभयो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video