प्रमुख समाचार
Aug 14, 2019
रेडक्रसको केन्द्रीय साधारणसभा रोकियो
काठमाडौँ,  साउन २९ आर्थिक अनियमिताको आरोप खेपिरहेको नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय साधारणसभा पुनः रोकिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले साधारणसभा नगर्न निर्देशन दिएपछि सभा रोकिएको सोसाइटीका केन्द्रीय सभासद ज्ञानशाली न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार यसअघि गत वैशाख २२ मा धरानमा गर्न लागिएको केन्द्रीय साधारणसभा तथा महाधिवेशनसमेत रोकिएको थियो । उहाँका अनुसार यसपटक बाधा अड्काउ फुकाउन साभारणसभा मात्रै गर्न खाजिएको थियो । काठमाडौँका सहायम प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले अदालतमा मुद्दा विचाराधीन अवस्थामा रहेकाले मुद्दा नटुङ्गिँदासम्मका लागि साधारणसभा स्थगित गर्न निर्देशन दिएको जानकारी दिनुभयो । रेडक्रसमा अनियमितता भएको भनेर अदालतमा मुद्दा चलिरहेको छ । आज सोसाइटीले पत्रकार सम्मेलन गरी साधारणसभा स्थगित गर्नुपर्दा मर्माहत हुन पुगेको जनाएको छ । प्रशासन कार्यालयको पत्रानुसार कार्यक्रम स्थगित गरेर जवाफ समेत पठाइसकिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video