कानून बाझिँदा कार्यान्वयन कठिनाइ भयो : मुख्यमन्त्री पौडेल  |  जागिरे मानसिकता त्यागौँ : अध्यक्ष तिमिल्सिना  |  आज मिति २०७६ मंसिर २७ गते शुक्रबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल  |  गिरिजाप्रसाद कोइराला फाउण्डेसन नुवाकोटद्धारा सामाखुसीमा विशेष कार्यक्रम गदै  |  परम्परागत बाजा र तस्वीर प्रदर्शनी शुरु  |  महिलाका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ : मन्त्री गुरुङ  |  यि हुन नेबिसंघ चलायनमान बनाउने म्याग्दीका जिल्ला अध्यक्ष खत्री  |  प्रधानसेनापति आमन्त्रित अन्तर्राष्ट्रिय महिला फुटबल हुने  |  धितोपत्र बजारः कारोबार रकम ७६ करोड नाघ्यो  |  औसत आर्थिक वृद्धिदर ६.५ प्रतिशत रहने विश्व बैङ्कको प्रक्षेपण
राजनीति
Aug 14, 2019
पार्टी परित्यागसँगै चन्द समूहका कार्यकर्ता रिहा
भोजपुर, साउन २९  नेत्र विक्रमचन्द समूहमा आबद्ध भएको अभियोगमा पक्राउ परेका एक व्यक्ति कारागारबाट मुक्त भएका छन् । सङ्खुवासभाको मादी नगरपालिका–५ बस्ने बुद्धिमान तामाङ कारागार मुक्त भएका हुन् । उक्त समूहमा आबद्ध भएको भन्दै गत वैशाख २३ गते पक्राउ परेका तामाङलाई जिल्ला कारागारमा ल्याइएकामा उनले सोमबार जिल्ला प्रशासन कार्यालयमा आगामी दिन सो समूहमा लागेर कुनैपनि गतिविधि नगर्ने भनी प्रतिबद्धता जनाउँदै एक विज्ञप्ति पनि निकालेकाले कारागारमुक्त गरिएको प्रजिअ नुरहरि खतिवडाले बताउनुभयो । यसैबीच पौवादुङमा गाउँपालिकाले वडा नं १ श्यामशिलाका वडाध्यक्ष ७२ वर्षीय रुद्रबहादुर पाण्डेको निधन भएकामा उहाँको संझनामा शोक मनाउन आज सार्वजनिक बिदा दिएको छ । उहाँको गत साउन १८ गते निमोनियाका कारण उपचारका क्रममा धरानको विपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको थियो । आज गाउँपालिकाभरिका सम्पूर्ण सरकारी कार्यालय, शैक्षिक संस्था तथा अन्य कार्यालयमा बिदा दिइएको गाउँपालिकाको विज्ञप्तिमा उल्लेख छ । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video