रुम टु रिड तथा रुडेकद्धारा नुवाकोटको कुम्भेश्वर माविका शिक्षिका सम्मानीत  |  राष्ट्रपति हमिदसँग सभापति देउवाको भेट  |  आपराधिक क्रियाकलाप रोक्न भरपर्दो सूचना आवश्यक : गृहमन्त्री थापा  |  विदेशीलाई नागरिकता दिलाएको अभियोगमा ६ जना जेल चलान  |  अतिक्रमित भूमिको सुरक्षा गर्न माग गर्दै रिट निवेदन  |  उपनिर्वाचन २ ०७६ : नेकपाले लगायो उम्मेदारी टुङ्गो, काङ्ग्रेस छलफलमै  |  संविधान र लोकतन्त्रका पक्षमा मतदान गर्न नेता रिजालको आग्रह  |  आज मिति २०७६ कार्तिक २७ गते बुधबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल  |  सातै प्रदेशका नृत्यद्वारा बङ्गलादेशी पाहुनाको स्वागत  |  कालापानीलगायत भूभाग फिर्ता लिन उच्चस्तरीय कूटनीतिक पहल गर्नुपर्छ : काङ्ग्रेस
शिक्षा /स्वास्थ्य
Aug 15, 2019
बढ्दै डेङ्गु सङ्क्रण
दमक,  साउन ३० पछिल्लो साता झापाको दमकमा डेङ्गुको सङ्क्रमण बढ्दै गएको देखिएको छ । तीन वर्षअघि दमकमा डेङ्गुले महामारीका रुपमा देखापरेको डेङ्गुको सङ्क्रमण यस वर्ष पनि अहिले ह्वात्तै बढ्दै गएको हो । दमक नगरपालिकाको स्वास्थ्य शाखाप्रमुख इन्द्र अर्यालका अनुसार दमकको जिल्ला अस्पताल दमकसहित अन्य निजी अस्पतालमा डेङ्गुका बिरामी भर्ना हुने क्रम बढेको पाइएको छ । सरकारी दमक अस्पतालसहित यहाँका आम्दा, लाइफलाइन, नमस्ते र एड्भान्स लगायतका निजी अस्पतालमा बिरामीहरुको चाप बढ्न थालेको हो । यसबाहेक केहीले काठमाडौँ पुगेर उपचार गरिआएका छन् । जेठ र असारमा फाट्टफुट्ट देखिएको डेङ्गु रोगको सङ्क्रमण साउन अन्तिममा आइपुग्दा बढेको अर्यालले बताउनुभयो । वर्षा रोकिएपछि डेङ्गु सार्ने लामखुट्टे सक्रिय हुने भएकाले यसको सङ्क्रमणमा एक्कासि वृद्धि भएको अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार बुधबारसम्म अस्पतालहरुमा आएर जाँच गराएर भर्ना भएका बिरामीको सङ्ख्या १२५ नाघेको छ । पछिल्लो समयमा यसको सङ्क्रमण बढेर गएपछि नगरपालिकाको सचेतनामूलक प्रचारप्रसार गरिआएको उहाँले बताउनुभयो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video