मनाेरञ्जन/रोचक
Aug 15, 2019
नेपालमानै पहिलोपटक मिस नेपाल कर्भी हुंदै
रबिन थपलिया । काठमाण्डौं । साउन ३० । फरीया सेन्टर प्रा.लिको आयोजनामा नेपालमानै पहिलोपटक मिस नेपाल कर्भी आयोजना हुने भएको छ । 
महिलाहरुको क्षमतालाई बाहिरी सौन्दर्यतामा जोडेर दजैनौ सौन्दर्य प्रतियोगिता भइरहेको अवस्थामा नेपालमानै पहिलो पटक महिलाहरुको भित्री प्रतिभा र क्षमतामा बृद्धि गराँउदै भविश्यमा परिवार, समाज र देशमानै सन्देश प्रवाह गर्ने हौसला प्रदान गर्न प्रतियोगिता गर्न लगिएको मिस नेपाल कर्भीकी कार्यक्रम निर्देशक नेहा गिरीले बताउनुभयो ।   
कार्यक्रम बारेमा जानकारी दिन काठमाण्डौंमा आज आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै मिस नेपाल कर्भीकी कार्यक्रम निर्देशक नेहा गिरीले भन्नुभयो “उमेर ढल्कदैमा, मोटोपन हुंदैमा, बाहिरी सौन्दर्य एकनास नहुंदैमा कोही कम्जोर हुंदैन । त्यसैले अव सवै महिला उद्यमसील र सामाजिक बन्नु पर्दछ भन्ने हेतुले प्रतियोगिता सञ्चालन गर्न लागीएको हो । 
काठमाण्डौं सहित देशका बिभिन्न ठाँउबाट छनौट भएका ३० प्रतियोगिबिच भाद्र १२ गते काठमाण्डौंको ठमेल स्थीत छाँया सेन्टरमा मिस नेपाल कर्भीको ग्रान्ड फाइनल हुंदैछ । ग्रन्ड फाइनल प्रतियोगिताको लागि भोली शुक्रबार देखि १५ दिन सम्म छनौट भएका ३० प्रतियोगिहरुको क्लोज क्याम्प समेत सुरु हुने कार्यक्रम संयोजक सन्ध्या केसीले जानकारी दिनुभयो । मिस नेपाल कर्भीमा १८ बर्ष देखि ४७ बर्ष सम्मका महिलाहरुको सहभागीता रहेको छ । 
भाद्र १२ गते हुने फाइनल प्रतियोगितामा टिकेट बिक्रीबापत प्राप्त हुने रकम मध्य ७५ प्रतिशत रकमबाट सातै प्रदेशका एक एक विद्यालय छनौट गरी आवश्यकता हेरी त्यहाँका विद्यार्थी युवतीहरुलाई पुन प्रयोग गर्न सकिने खालको सेनेटर प्याड निशुल्क बितरण गरिने कार्यक्रम निर्देशक गिरीले बताउनुभयो । 
पत्रकार सम्मेलनमा मिस नेपाल युनिर्भसल २०१८ मनिता देवकोटा, तेश्रोलिङी समलिङगी अभियानकर्मी भुमिका श्रेष्ठ, बरिष्ठ कार्यक्रम प्रस्तोता निष्मा ढुंगाना चौधरी, कोरीयोग्राफर स्वस्तिमा लामा, र कार्यक्रमकी आयोजक तथा एडमीनिस्टेटीभ मेनेजर आरती प्रधान लगायतले कार्यक्रमको उदेश्य र महत्वबारेमा बताउनुभएको थियो । तस्वीर समिर खरेल     
 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video