प्रवासी खबर
Aug 15, 2019
नेपाली जनसंपर्क समिति साईप्रसको प्रथम अधिवेशन सम्पन्न
अभिषेक खरेल  साउदी अरेवीया । नेपाली कॉंग्रेसको बिदेशस्थित जनसंपर्क समिति साईप्रसले आफ्नो प्रथम एतिहासिक अधिवेशन सम्पन्न गरेकोछ। ११अगस्त २०१९ मा साईप्रसको लिमासोलमा सम्पन्न उक्त कार्यक्रममा नेपाली काङ्ग्रेसका प्रवक्ता श्री विश्व प्रकाश शर्माको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ। यसैगरि सभापतिमा सीता अर्याल,उपसभापति पुस्पा मिश्र,कर्चुङ लामा महामन्त्रीमा सरस्वती तिमल्सिना,कुमार सिंह कोषाध्यक्षमा लक्ष्मीता गुरुङ,सहमहामन्त्रीहरुमा इन्दिरा खड्का,पेम्बा ओमु लामा,लक्ष्मी काफ्ले,लक्ष्मी पौडेल र सदस्यहरुमा कुशुम गुरुङ,सरस्वती भुसाल,कृष्ण प्रसाद आचार्य,कृस्टिना महर्जन,रामशरण यादव,ललिता धिताल र रुपक खतिवडा ज़िम्मेवारी सम्हाल्नु भएको छ।कार्यक्रमका बिशिष्ठ अतिथि जनसम्पर्क समिति डेनमार्कका सभापति बिरेन्द्र सिंह कार्की,नेपाली काङ्ग्रेस काभ्रे का सचिव विनोद तिमल्सिना,एन आर एन ए का उपाध्यक्ष कुल आचार्य,जनसम्पर्क समिति कतारका पुर्वसभापति बिमल सुवेदी,यातायात बिभागका निर्देशक तिर्थराज खनाल,बिशेष अतिथिमा डा रामजीवन पन्जियार,एन आर एन ए का आई सी सी सदस्य सुरेस महत्त्व,एन आर एन ए साइप्रसका अध्यक्ष सुवास मल्ल लगायतको उपस्थित रहेको उक्त कार्यक्रम भब्य र सब्य रुपमा सम्पन्न भएको कुरा नव निर्वाचित महामन्त्री सरस्वती तिमल्सिना खनालले सगरमाथा पोष्टलाई जानकारी दिनुभएको थियो। सरस्वती तिमल्सिना भन्नुहुन्छ नेपालीहरुका समस्यामा जनसम्पर्क समिति साइप्रस जहिले पनि कृयाशिल रहि यहाँ रहेका सम्पूर्ण संघ संस्थाहरु सङ्ग समन्वय गर्दै प्रत्येक नेपालीहरुका समस्या समाधानका निमित्त सदैब लागिरहने छौं। 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video